×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सामाजिक उत्तरदायित्वमा ओम डेभलपमेन्ट बैंकको सहभागिता, अमरसिंह शाखाबाट बिरामीलाई आर्थिक सहयोग

काठमाडौं – ओम डेभलपमेन्ट बैंक लिमिटेडको अमरसिंह शाखाले शाखाको ११औं वार्षिकोत्सवको अवसरमा अस्पतालमा उपचाररथ बिरामीलाई आर्थिक सहयोग गरेकोे छ । विगत लामो समयदेखी आन्द्राको समस्याबाट ग्रसित पोखरा १५ निवासी ४० बर्षीय सम्झना परियारलाई बैंकका शाखा प्रमुख एकेन्द्र कुंवरले सहयोग रकम प्रदान गरे ।
बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बिभिन्न संघ संस्थाहरुलाई यसै गरी विभिन्न आर्थिक, भौतिक तथा अन्य सामग्रीहरु सहयोगहरु गर्दै आईरहेको छ ।
बिकास बैंकले असोज मसान्त सम्म २१ अर्ब ९६ करोड निक्षेप संकलन गरी १९ अर्ब ०४ करोड कर्जा लगानी गरेको छ भने शाखा संख्या ५३, ग्राहक संख्या करिब २ लाख ६५ हजार, एटिएम संख्या १९ रहेको र बिकास बैंकहरुमध्ये शाखारहित बैकिङ सेवा प्रदान गर्ने पहिलो बिकास बैंक हो । बैंकले प्राइम कमर्सियल बैंकसंग एक्बिजिसनमा जानको लागी हालै मात्र समझदारीपत्रमा हस्ताक्षर गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: