×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रभु लाइफ इन्स्योरेन्सको नयाँ जीवन बीमा योजना, यस्ता छन् विशेषताहरु

काठमाडौं – प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ जीवन बीमा योजना “श्री वृद्धि जीवन बीमा योजना” सार्वजनिक गरेको छ । विहीबार सम्पन्न एक कार्यक्रमका बीच कम्पनी संचालक समितिका अध्यक्ष डा। आत्माराम घिमिरेले उक्त नयाँ जीवन बीमा योजना सार्वजनिक गरे । कार्यक्रयमा डा.घिमिरेले प्रभु लाइफले यसै गरी जनमानस बीच उत्कृष्ट जीवन बीमा योजनाहरु ल्याउ्रँदै जाने कुरा बताए । 
कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछाने लगायत कम्पनीका व्यवस्थापन समूहका सदस्यहरु तथा विभिन्न संघ संस्थाहरुका महानुभावहरुको उपस्थिति रहेको थियो । 
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लामिछानेले यो जीवन बीमा अत्यन्तै प्रभावकारी हुने जानकारी व्यक्त गरे । साथै, गा्रहकहरुलाई यस जीवनवीमा बाट धेरै नै लाभ हुने कुरामा दुईमत नरहेको र कम्पनीको उत्कृष्ट जीवन बीमा योजनामा श्री बृद्धि जीवन वीमा योजना रहेको जानकारी गराए । हाल ४० शाखा तथा उपशाखा कार्यालयहरुबाट जीवन बीमा सेवाहरु उपलब्ध रहेको र आगामी दिनहरुमा कम्पनीले देशका सबै जिल्लाहरुमा आफ्नो संजाल क्रमशः बिस्तार गर्दै लैजाने लक्ष्य रहेको जानकारी समेत व्यक्त गरे । 
यस श्रीवृद्घि जीवन बीमा योजना अन्तर्गत बीमा रकममा प्रत्येक वर्ष पाँच प्रतिशतका दरले वृद्घि हुँदै जाने छ तर बीमा शुल्क (प्रिमियम) भने जीवन बीमा अवधि भरि नै एकैनास हुनेछ । साथै, २० वर्षमा बीमा रकम २० लाखको हुने छ । बोनस सहित बीमितले बीमाङ्कको करिब ३ गुणा रकम एकमुष्ठ फिर्ता पाउनेछन् । “Trivial or self-reliant”को अवधारणालाई पूरा गर्ने उद्येश्यले यस जीवन बीमा योजना ग्राहकहरु माझ सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । 
दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन्। कम्पनीले केही समयभित्रै साठ्ठी करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: