यी ४ कम्पनीको बोनसमा मूल्य समायोजन, हेर्नुहोस् कतिमा खुल्यो सेयर कारोबार ?

काठमाडौं - काबेली विकास बैंकको ३५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बैंकको ३५% बोनस सेयरपछि समायोजित मूल्य २४० रुपैयाँ ७४ पैसा कायम भएको छ । आइतबार काबेलीको सेयर कारोबार यही मूल्यलाई आधार मानेर खुलेको छ । काबेलीको औसत आधार मूल्य ३६१ रुपैयाँ ८७ पैसा रहेको छ ।

यस्तै, आरएसडीसी लघुवित्त वित्तीय संस्थाको १०% बोनस सेयरमा पनि मूल्य समायोजन भएको छ । कम्पनीको १०% बोनस सेयरपछि समायोजित मूल्य ३९८ रुपैयाँ १८ पैसा कायम भएको छ । यसको औसत आधार मूल्य ५८९ रुपैयाँ ७८ पैसा रहेको छ ।

यसैगरी, एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको १५% बोनस सेयरपछि समायोजित मूल्य ११ सय ६१ रुपैयाँ ७५ पैसा कायम भएको छ । आइतबार एनएमबिको सेयर कारोबार यही मूल्यलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य १३ सय ९ रुपैयाँ ३७ पैसा रहेको छ ।

यता, सिर्जना फाइनान्सको १५% बोनस सेयरमा पनि मूल्य समायोजन भएको छ । १५% बोनस सेयरपछि कम्पनीको समायोजित मूल्य २३२ रुपैयाँ १७ पैसा कायम भएको छ । यसको आधार मूल्य २८० रुपैयाँ ९ पैसा रहेको छ ।
प्रकाशित मिति : Sunday, December 30, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal