प्राइम कमर्शियल बैकको नयाँ शाखा कैलालीको धनगढीमा, राष्ट्र बैकका कार्यकारी निर्देशक पौडेलले गरे उद्घाटन

काठमाडौं - प्राइम कमर्शियल बैंकले कैलालीको धनगढी उपमहानगरपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको सञ्चालनपछि बैंकको शाखा ६६ पुगेको छ । 

शुक्रवार आयोजित एक कार्यक्रमबीच नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले सो शाखाको उद्घाटन गरेका हुन् । बैकले आगामी दिनमा देशका वित्तीय सेवा नपुगेका स्थानमा समेत शाखा सञ्चालन गर्दै जाने जानकारी दिएको छ । 

धनगढी शाखा सञ्चालनले यहाँका व्यवसायीलाई बैङ्किङ कारोबार गर्न सहज हुने विश्वास बैङ्कको छ । नयाँ शाखाबाट सम्पूर्ण आधुनिक बैङ्किङ सुविधा उपलब्ध हुने बैङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित : Sunday, December 02, 2018

recent

Popular Posts