×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्राइम लाइफ इन्स्योरेन्सका ४ जना कर्मचारी सीआईबीद्वारा पक्राउ, ६ सय नक्कली बिमालेख जारी गरेको आरोप !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका ४ जनालाई सीआइबीले पक्राउ गरेको छ । ब्यूरोले प्राइमका कर्मचारीहरु प्रकाश रेग्मी, भोला खड्का, सुदीप खड्का र धुव्र रेग्मीलाई पक्राउ गरेको हो । सयौं बीमाकर्ताहरुलाई नक्कली बीमालेख जारी गरी ठगी गरेको खुलेपछि उनीहरु पक्राउ परेका हुन् । प्रहरीले कम्पनीसमेतमा छानविन गरिरहेको छ । कम्पनीबाट करिब ६ सय नक्कली बीमालेख जारी भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । एक जनासँग यसरी नक्कली बिमालेख बनाएवापत ५ हजार रुपैयाँसम्म लिएको पाइएको छ । यसरी हेर्दा पनि लाखौँ रुपैयाँ कम्पनीका कर्मचारीहरुले ठगिसकेका छन् । 
रेग्मी गत वर्ष पनि यस्तै घटनामा पक्राउ परेका थिए भने पछि उनी छुटेका थिए । उनले नै दिएको बयानका आधारमा महानगरीय प्रहरी वृत्त कालिकाटीले कम्पनीका सबै सञ्चालक तथा सिईओविरुद्ध मुद्दा दायर गरेको थियो । उच्च तहका कर्मचारीहरुको मिलेमतो बिना यस्तो काम हुन नसक्ने प्रहरीको अनुमान छ भने गत बर्ष पक्राउ गरेका रेग्मीले पनि कम्पनीले नै आफुलाई झुक्याएको बयान दिएपछि घटना झन् रहस्यमय भएको छ । विगतमा पनि एउटा किर्ते काण्डमा कम्पनीले कारवाही भोगिसकेको इतिहास छ । कम्पनीका अध्यक्ष र संचालकहरु पनि यो काण्डमा तानिने सम्भावना बढी छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: