×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लाष्ट रिमाइन्डर : पूर्णिमा विकास बैंकको ११.३७% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

लाष्ट रिमाइन्डर : 
कम्पनी : पूर्णिमा विकास बैंक
लाभांश : ११.३७% (५% बोनस, ६.३७% नगद)
बुक क्लोज : सोमबार (पुस १६ गते) 
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (पुस १५ गते, आइतबार)
विशेष साधारण सभा : पुस २७ गते 
विवरण :
पूर्णिमा विकास बैंकको ११.३७% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज पुस १६ गते हुनेछ ।
साधारण सभाका प्रस्ताव : 
५% बोनस सेयर र ६.३७% नगद लाभांश दिने ।
 प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश गरिंदैछ।
आर्थिक वर्ष २०७४ र ७५ को वार्षिक प्रतिवेदन सहित २०७५ असार मसान्त सम्मको वासलात लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि हुन ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
विशेष साधारण सभा हुने स्थान र समय :
होटल पौवा सिद्धार्थ नगरपालिका चिल्ड्रेन पार्क रुपन्देहीमा बिहान ९ बजे।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ५२ करोड ५० लाख ३१ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ५५ करोड १२ लाख ८२ हजार ५५० रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: