नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु

कञ्चनपुर – दोस्रो नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर ज्यान गएको छ ।

आज बिहान कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ मा रहेको घरमा पानी चढाउने मोटर चलाउन खोज्दा करेन्ट लागेर घाइते भएकी ओडकी आमा ४५ वर्षकी विष्णाको अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

मेसिनको नाङ्गो तारमा छुँदा विष्णालाई करेन्ट लागेको परिवारले बताएका छन् ।
प्रकाशित मिति : Wednesday, December 26, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal