हुने होइन त सरकारी बैंकको जागिरे ? राष्ट्रिय वाणिज्य बैंकले ५५० जना नयाँ कर्मचारीका लागि आवेदन खुलाउँदै !


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- तपाईं बैंकिङ क्षेत्रमा र त्यसमा पनि सरकारी बैंकमा करियर बनाउँन चाहानुहुन्छ भने तपाईंका लागि खुसीको खबर छ । राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा कर्मचारी माग गर्ने भएको छ । बैंकले यहि पुष पहिलो सातामा नै कर्मचारीका लागि बिज्ञापन खुलाउने भएको छ । यसका लागि बैंकले राष्ट्र बैंक सँग स्वीकृति मागिसकेको छ ।

बैंकले लोकसेवाले नियमित तालिका अन्तर्गत आवेदन माग गर्दैछ । यो जागिर खान नेपाली नागरिक हुनुपर्छ । लिखित परीक्षा पास भई अन्तर्वार्तामा समेत पास भएपछि राष्ट्रिय वाणिज्य बैङ्कमा जागिर खान पाइनेछ । यसका लागि छुट्टै फर्म भर्नुपर्छ । फर्म भरेर परिक्षा दिनुपर्छ । भ्याकेन्सी केहि दिनमा खुल्दैछ । उक्त भ्याकेन्सी खुलेपछि हामी बैंकको जागिरका लागि कसरी तयारी गर्ने, सम्भावित प्रश्नहरु र तिनको जवाफ प्रकाशन गर्नेछौं ।

अर्थ सरोकार डटकम हेर्दै रहनुहोला ।
प्रकाशित : Monday, December 17, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal