राष्ट्रिय बीमा र नेपाल पुनर्बीमा कम्पनीबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

काठमाडौं - राष्ट्रिय बीमा कम्पनी र नेपाल पुनर्बीमा कम्पनीबीच भएको ५० प्रतिशत पुनर्बीमा सम्झौता भएको छ । कम्पनीको केन्द्रीय कार्यालय रामशाहपथ काठमाडौंमा राष्ट्रिय बीमा कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बीरविक्रम रायमाझी र नेपाल पुनर्बीमा कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले यस सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतामा बीमा शुल्क तथा बीमा दाबीमा दुबै कम्पनीको समान सहभागिता रहेको छ । उक्त सम्झौता पश्चात कम्पनीले जारी गरेको कर्मचारी संचयकोषका ६ लाख संचयकर्ताहरुको वार्षिक १ लाख रुपैयासम्मको औषधोपचार र १० लाख रुपैयासम्मको घातक रोगको उपचारको लागि पुनर्बीमा ब्यवस्था भएको छ ।
प्रकाशित : Monday, December 24, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal