×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्रिय बीमा संस्थानमा जागिरको अवसर, संस्थानले माग्यो सहायकदेखि व्यवस्थापकसम्मका ३१ जना कर्मचारी

काठमाडौं – राष्ट्रिय बीमा संस्थानमा जागिर खुल्ला भएको छ । संस्थानले सहायकदेखि व्यवस्थापकसम्मका ३१ जना कर्मचारी माग गरेको छ ।
संस्थालने खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने गरी यी कर्मचारी माग गरेको हो । संस्थानले लोकसेवा आयोगबाट सहमति लिएर कर्मचारी नियुक्त गर्न सार्वजनिक सूचना जारी गरेको हो ।
संस्थाले मागेको कर्मचारीमा नवौ तहका व्यवस्थापक एक जना आठौं तहका सहव्यवस्थापक एक जना मागेको छ । यस्तै छैटौं तहका सहायक व्यवस्थापक १५ जना मागेको छ ।
यसमा खुला ८, महिला र आदिबासी जनजाती दुईदुई र मधेशी, अपाङ्ग, पिछडिएको क्षेत्रका एकएकजना मागेको छ । यस्तै चौथो तहको लागि १४ जना मागेको छ । यस्तो पदमा खुला ७, महिला, आदिवासि जनजाती, दलि र पिछडिएको क्षेत्रबाट एकएक जना र मधेशी ३ जना मागेको छ ।
इच्छुक उमेदवारले तोकिएको दस्तुर तिरेर आवश्यक प्रक्रिया पुराइ २१ दिन भित्र निवदेन दिनुपर्ने पनि संस्थानल जानकारी दिएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: