×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

उद्योगपति दुगडको ७५ औं जन्मोत्सवमा “The Renaissance Man”नामक पुस्तक विमोचन

काठमाडौँ – औद्योगिक घराना के.एल. दुगड समूहका अध्यक्ष किसनलाल दुगडको ७५ औं जन्मोत्सव पारेर उहाँको सचित्र आत्मकथा समेटिएको “The Renaissance Man” नामक पुस्तक विमोचन गरिएको छ । उक्त पुस्तक विमोचन भूतपूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गर्नुभएको थियो । उक्त पुस्तकमा किसनलाल दुगडलाई जस्तोसुकै दुःखद परिस्थितीमा पनि हरेस नखाइ सकारात्मक सोचका साथ निरन्तर अगाडी बढ्ने व्यक्तीको रुपमा चित्रण गरिएको छ । 
किसनलाल दुगडको जन्म वि.स. २००० सालमा भएको थियो र उहाँ १३ वर्षको उमेरबाट नै पढाइको साथ साथै उद्योग व्यवसायलाई पनि अगाडि बढाउन निरन्तर रुपमा लागिरहनुभएको छ । कृषि प्रधान देश नेपालको विकासमा कृषि सम्बन्धि उद्योगहरु खोलि विस्तार गर्यो भने देश विकासमा सहयोग पु¥याउन सकिन्छ भन्ने सोचाइका साथ उहाँले कृषि क्षेत्र संग सम्बन्धित खाद्यान्नका धेरै उद्योगहरु जस्तै आंटा, तेल, चामल, मैदा तथा दालका साथै अन्य उद्योगहरु पनि स्थापना गर्दै आइरहनु भएको छ । आज के.एल. दुगड समुह नेपालकै अग्रणी औद्योगिक व्यवसायिक घरानामा पर्दछ । 
नेपालमै कच्चापदार्थ पाइने उद्योगहरुको स्थापना गर्यो भने देशको विकासमा भरपुर सहयोग पुग्छ भन्ने मान्यता राख्ने के.एल. दुगड समुह पछिल्लो समय सिमेन्ट उद्योग तथा हाइड्रोपावरहरुमा लगानी गरेको छ । अन्तर्राष्ट्रिय आयातको प्रतिस्थापन गरि स्वदेशी उद्योगहरुको विकासमा के.एल. दुगड समुह लागी परिरहेको छ । उक्त समुहले हजारौंको संख्यामा रोजगारी प्रदानगर्दै आएको छ । यो सबै हुनुमा उक्त समुहको अध्यक्ष किसनलाल दुगडको निरन्तर लगाव, र सकारात्मक सोचका साथ निरन्तर अगाडी बढ्ने बानीको कारण सम्भव भएको हो भन्ने बुझाइ आम जनमानसको पनि रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: