×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सगरमाथा इन्सुरेन्सले गर्यो प्रगति, खुद नाफा १२.९७% वृद्धि

काठमाडौं – सगरमाथा इन्सुरेन्सको आर्थिक वर्ष २०७५/७६को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्बजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा ३ करोड ६९ लाख ४० हजार रुपैयाँ कमाएको छ । यो नाफा गत बर्सको तुलनामा १२.९७% ले धेरै हो । अघिल्लो वर्ष कम्पनीले ३ करोड २६ लाख ९७ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
कम्पनीले खुद बिमा शुल्क पनि २२ करोड ७६ लाख रुपैयाँबाट बढाएर ३१ करोड १३ लाख २९ हजार रुपैयाँ पुर्याएको छ । यता, पुनर्बिमा कमिसनबाट पनि सगरमाथाले ८ करोड ४६ लाख ७२ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ । अघिल्लो वर्ष पुनर्बिमा कमिसनबाट ५ करोड ७७ लाख ५५ हजार रुपैयाँ मात्र आम्दानी भएको थियो ।
कम्पनीले ६० करोड ५८ लाख २२ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ भने २६ करोड २० लाख ३७ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दाबी रकम ४८ करोड ४३ लाख ७१ हजार रुपैयाँ छ । 
कम्पनीको चुक्ता पुँजी ५३ करोड ८२ लाख ९२ हजार रुपैयाँ छ भने जगेडा कोषमा ५५ करोड ७२ लाख ७१ हजार रुपैयाँ छ । कम्पनीको बिमा कोषमा ४८ करोड ८७ लाख ९१ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८६ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ३०९ रुपैयाँ ९० पैसा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: