×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकको ९.४५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, पुस ३० मा साधारणसभा ?

लाष्ट रिमाइन्डर : 
कम्पनी : सांग्रिला डेभलपमेन्ट बैंक
लाभांश : ९.४५% (४% बोनस र ५.४५% नगद )
बुक क्लोज : पुस १७ गते, मंगलबार 
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (पुस १६ गते, सोमबार)
विशेष साधारण सभा : पुस ३० गते 
विवरण :
सांग्रिला डेभलपमेन्ट बैंकको ९.४५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकको बुक क्लोज पुस १७ गतेदेखि साधारण सभा हुने दिनसम्म हुने छ ।
पेस गर्ने प्रस्तावहरु :
४% बोनस र ५.४५% नगद लाभांश दिने ।
संस्थापक एवं सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३–३ जना सञ्चालकको निर्वाचन गर्ने  । 
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
बैंकमा अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने ।
आर्थिक वर्ष २०७४ र ७५ को वार्षिक प्रतिवेदन सहित २०७५ असार मसान्त सम्मको वासलात लगायत अन्य प्रतिवेदन पारित गर्ने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
एजिएम हुने स्थान र समय :
अमृतभोग कालिकास्थान, काठमाडौंमा ९.३० बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २ अर्ब ५० करोड ६३ लाख ८५ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४०० रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : १ करोड ९२ लाख ९२ हजार रुपैयाँ
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: