सानिमा बैंकद्धारा पोखराको न्युरोडमा निःशुल्क आँखा शिविर सम्पन्न

काठमाडौं - सानिमा बैंकको पोखरा स्थित न्युरोड र बगर शाखाले पोखरा मा.न.पा. वडा नं. २०, भलाम स्थित श्री महेन्द्र माध्यामिक विद्यालयमा हिमालय आँखा अस्पतालको प्राविधक सहयोगमा नि:शुल्क आँखा शिविर सम्पन्न गरेको छ ।

उक्त शिविरको उद्घाटन पोखरा मा.न.पा.वडा नं. २०, कास्कीका वडा अध्यक्ष सिमबहादुर गुरुङ्गले गरेका छन् । पोखरा क्षेत्रका लागि बैकका क्षेत्रिय प्रबन्धक भाबुक तण्डुकारले उद्घाटन सामारोहमा शुभकामना मन्तब्य व्यक्त गर्दै बैंकले आगामी दिनहरुमा पनि स्थानियलाई सहयोग गर्ने जानकारी दिएका छन् ।

शिविरमा भलाम र मौजाका ३०० स्थानीय वासीको आँखा परीक्षण गरिएको छ । साथै ७ जना मोतिया बिन्दुका बिरामीलाई थप उपचारका लागि हिमालय आँखा हस्पिटलमा सिफारिस गरेको छ । सानिमा बैंकको हाल ७४ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ६९ वटा एटिएम रहेको छ ।
प्रकाशित मिति : Monday, December 31, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal