×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

शिखर इन्स्योरेन्सद्धारा मृत्यु दावी भुक्तानी

काठमाडौं – शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरको छ । कम्पनीले दुर्घटनामा परी मृत्यु भएका अर्घाखाँची सन्धी खर्कका शेर बहादुर थापाको परिवारलाई सामुहिक बीमा योजना अन्तर्गतको मृत्यु दाबी भुक्तानी गरेको हो ।
सन्धिखर्कको साथी साकोस र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड विच भएको सामुहीक दुर्घटना बीमा योजना अन्तर्गत शिखर इन्स्योरेन्सबाट प्राप्त एक लाख रुपैया मृतक विमित थापाकी श्रीमती कल्पना थापालाई हस्तान्तरण गरेको छ ।
सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निरज पौडेल, साथी साकोसका अध्यक्ष धर्मराज भुषाल, शिखर इन्स्योरेन्स कम्पनी अर्घाखाची शाखा प्रबन्धक लक्ष्मण केसीले एक कार्यक्रमका बिच संयुक्त रुपमा सो चेक हस्तान्तरण गरेका हुन् ।
सोही अवसरमा मृतक थापाकी श्रीमतीलाई सहकारीले स्व थापाको नाममा बचत रहेको रकमवापत (२६०००) छब्बिस हजार रुपैयाँको चेक समेत हस्तान्तरण गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: