×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शिव श्री हाइड्रोपावरले पायो १४ लाख ७६ हजार ४०० कित्ता आइपीओ बिक्री गर्ने अनुमति, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल !

काठमाडौं : आइपीओमा लगानी गर्न मन हुनेहरुका लागि पढ्नै पर्ने खबर छ । शिव श्री हाइड्रोपावर कम्पनीले साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ । कम्पनीले १४ लाख ७६ हजार ४०० कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको छ । धितोपत्र बोर्डले आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री गर्न कम्पनीलाई अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।
शिव श्रीले सिन्धुपाल्चोक जिल्लामा २२.२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आइपीओमा सोही क्षेत्रका स्थानीयले आवेदन दिन सक्नेछन् । कम्पनीले अहिलेसम्म यो आयोजनाको ८५% भन्दा बढी काम सकिसकेको कम्पनीले जनाएको छ ।
शिव श्री हाइड्रोपावर कम्पनी सन् २००६ मा स्थापना भएको हो । सुरुमा निजी कम्पनीको रुपमा रहे पनि शिव श्री सन् २०१६ को डिसेम्बरमा पब्लिकमा रुपान्तरण भएको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: