सिद्धार्थ बैंक र शुभेक्षा इन्टरनेशनल हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकले स्वास्थ्य सेवामा ४०% सम्म छुट पाउने

काठमाडौं - सीतापाइलाको शुभेक्षा इन्टरनेशनल हस्पिटलले सिद्धार्थ बैंक लिमिटेडका ग्राहकलाई ४० प्रतिशतसम्मको छुट दिने भएको छ । उक्त सेवा दिने सम्बन्धि बिहीबार दुई कम्पनीबीच एक आपसमा सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख पेमेन्ट सलुसन्स् सुरेसराज मर्हजन र शुभेक्षा इन्टरनेशनल हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृृत होमप्रसाद अधिकारीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकका कर्मचारी तथा कर्मचारीका परिवार, कार्डवाहक तथा कार्डवाहकका परिवार र बैंकका सम्पूर्ण ग्राहकवर्गहरुले यस अस्पतालमा स्वास्थ्य सेवा लिँदा सो मात्राको छुट पाउने छन् । साथै, यस अन्तर्गत बैंकका कर्मचारी तथा ग्राहकहरुले डेविट कार्ड, प्रिपेड कार्ड र क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा विशेष छुट उपभोग गर्न सक्नेछन् ।
प्रकाशित मिति : Friday, December 28, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal