×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्पर्स लघुवित्तको फिल्ड व्यवस्थापन कार्यशाला गोष्ठी सम्पन्न

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ पुष २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

स्पर्स लघुवित्तको फिल्ड व्यवस्थापन कार्यशाला गोष्ठी सम्पन्न

स्पर्स लघुवित्त वित्तीय संस्था लि.ले सञ्चालनमा रहेका २० वटा शाखा कार्यालयहरुमा कार्यरत फिल्ड सहायकहरुलाई १ दिने फिल्ड व्यवस्थापन कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । दुई चरणमा विभाजन भएको उक्त गोष्ठी परासीको वर्दघाट र पोखराको बेगनासतालमा सम्पन्न भएको थियो । सहभागीहरुलाई यस आ.ब.मा वित्तीय संस्थाले लिएको लक्ष्य प्राप्तीका लागि थप उत्प्रेरित वनाउने र फिल्ड कर्मचारीहरुको वृत्ति विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा वित्तीय संस्थाका जम्मा ६७ जना फिल्ड सहायकहरुको सहभागीता रहेको थियो । 
मंसिर २८ र पौष १ गते २ दिन अलग अलग स्थानमा भएको उक्त कार्यक्रमको पहिलो दिन कार्यक्रमको उद्घाटन गर्दै वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले मंसिर मसान्त सम्मको वित्तीय संस्थाको लक्ष्य तथा प्रगति विवरणको अवस्था, वित्तीय संस्थाले हाल भोगेका समस्या तथा अवसरहरु, वित्तीय संस्थाको यस आ.ब.को लक्ष्य तथा यसको प्राप्तीका रणनीतिको बारेमा बताउँदै सहभागीहरुलाई लगनशिल भई कार्य गर्न उत्प्रेरित गरेका थिए । वर्दघाटमा भएको पहिलो दिनको गोष्ठीमा स्रोत व्यक्ति तेजबहादुर गिरीले सहभागीहरुलाई केन्द्र तथा फिल्ड व्यवस्थापन सम्वन्धी विषयमा सहजीकरण गरेका थिए । त्यसै गरी तालिमको दोस्रो दिन स्रोत व्यक्ति नविन प्याकुरेलले सहभागीहरुलाई सकरात्मक सोच र इच्छा शक्ति भए जस्तो सुकै पनि कार्य गर्न सकिने भन्दै सहभागीहरुलाई सकरात्मक उर्जा थप गरेका थिए । साथै यस अवसरमा वित्तीय संस्थाले सदस्य विस्तार, सदस्य परिचालन, धितो कर्जा लगानीमा उत्कृष्ट हुन सफल कर्मचारीहरुलाई पुरस्कृत गरेको थियो । 
वित्तीय संस्थाका जनशक्ति व्यवस्थापन विभाग र कर्जा विभाग प्रमुख द्धय पवन बराल र हरिशरण गिरीले सञ्चालन गरेको उक्त कार्यक्रमा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरु र सञ्चालनमा रहेका २० वटा शाखाका सम्पुर्ण फिल्ड सहायकहरुको सहभागीता रहेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: