×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्ट्याण्डर्ड चार्टर्डको लाभक्रेडिट कार्ड धनीलाई भाटभटेनीले दियो पहिलो कारोबारमा २५ प्रतिशत छुट

काठमाडौं – स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र सुपर मार्केट भाटभटेनी सुपर मार्केट डिपार्टमेन्ट स्टोरबीच व्यापारिक सहकार्यमा भएको छ । स्ट्याण्डर्ड चार्टर्ड लाभक्रेडिट कार्ड धनीले भाटभटेनीमा पहिलो पटकको कारोबारमा २५ प्रतिशत नगद फिर्ता पाउनेछन् ।
यसका अतिरिक्त, सह–ब्राण्डको कार्डबाहकहरुले भाटभटेनी सुपर मार्केटहरुमा किनमेल गर्दा पहिलो ३ महिनाको लागि तत्काल १० प्रतिशत छुट प्राप्त गर्नेछन् । यो सह–ब्राण्डको कार्ड योग्य ग्राहकहरुलाई स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालद्वारा निःशुल्क उपलब्ध गराइनेछ ।
सहकार्यलाई स्मरणीय बनाउन स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफ्ना सबै क्रेडिट कार्ड धनीहरुका लागि भाटभटेनी सुपरमार्केटमा विद्युतीय उपकरणहरुको खरीदमा ० प्रतिशत स्टा बाइ प्रदान गर्ने घोषणा गरेको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानसले भाटभटेनी सुपरमार्केटसँग यसप्रकारको साझेदारीको घोषणा गर्न पाएकोमा स्ट्याण्डर्ड चार्टर्ड साझेदारीले दुई संस्थाहरुबीच समन्वय सिर्जना गर्न मद्दत पुग्ने बताएका छन् । सोही अवसरमा भाटभटेनी सुपरमार्केटका अध्यक्ष एवं प्रबन्ध निर्देशक मिनबहादुर गुरुङ्गले स्ट्याण्डर्ड चार्टर्ड बैंक जस्तो अन्तर्राष्ट्रिय ख्याति आर्जन गरेको बैंकसँग साझेदार गरि अगाडी बढ्दा व्यापक लाभ उठाउने बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: