×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एनआइसी एशिया बैंकको डेपुटी सीइओमा सुधिरनाथ पाण्डे नियुक्त, तर डिसीइओ सा’प छैनन् विवादमुक्त !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ-  निजी क्षेत्रको सबैभन्दा ठूलो र निकै द्रुत गतिमा प्रगति गर्दै गरेको बैंकमा रोशन कुमार न्यौपाने सीइओ नियुक्त भएको भोलिपल्ट बैंकको डेपुटी सीइओमा सुधिरनाथ पाण्डे नियुक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समिति बैठकले पाण्डेलाई नायव प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । २०४६ सालमा तत्कालीन नेपाल ग्रीण्डलेज बैंक (हालको स्ट्याण्डर्ड चार्टड बैंक) लिमिटेडबाट बैंकिङ करियर सुरु गरेका पाण्डेले एनआइसी एशिया बैंकको विभिन्न विभाग प्रमुख भएरसमेत काम गरिसकेका छन् ।
तर छैनन् विवादमुक्त !
एनआइसी एशिया बैंकमै डेपुटी सीइओ रहेका सुधिरनाथ पाण्डे विवादमुक्त भने छैनन् । उनले एक संस्थाबाट लिएको कर्जामा संस्थाका सीइओ (उनका पूर्व सहकर्मी) र उनको मिलेमतोमा ‘ओभर-भ्यालुएसन’ गरी ऋण लिएको खबर विभिन्न सञ्चारमाध्यममा आएका थिए । सोहि संस्थाका कर्तुतहरु एक-एक गरी बाहिर आउन थालेपछि सुधिरनाथ पाण्डेको सल्लाहमा उक्त संचारमाध्यममाथि गाली-बेइज्जतीको मुद्धा हालिएको प्रसङ्ग नेपाली बैंकिङ क्षेत्रमा अहिले पनि ‘टक अफ दी टाउन’को रुपमा छ । 
समाचारको विषय चित्त नबुझेको भए प्रेस काउन्सिलबाट त्यसको कानुनी उपचार खोज्ने बाटो हुँदाहुँदै काउन्सिलको क्षेत्राधिकारसमेत ख्याल नगरी दु:ख दिने बदनियतको सल्लाह दिएको भन्दै संचारकर्मीको एउटा समूह र पत्रकारका विभिन्न संगठनहरु पाण्डेसंग ‘फायर’ छन् । उनको यहि कदमका कारण पनि संचारकर्मीहरुको एउटा समूह सुधिरनाथ पाण्डे, र उनले ऋण लिएको संस्थाका कर्तुतहरु बाहिर ल्याउन पूरापुर अनुसन्धानमा रहेको भन्ने चर्चा पनि छ । अदालतको फैसला आएपछि पूरानो केस पनि पुष्टि हुने र नयाँ इस्यूहरु पनि आउँदा थप दरिलो ‘स्कुप’ हुने भन्दै मुद्धा हालिएका सञ्चारमाध्यम सहितको ३ वटा ठुला मिडियाहरु यो अनुसन्धानमा छन् भन्ने बुझिएको छ । तर यस प्रकरणमा सो बिकास बैंकका सीइओले पनि आफ्नो नाम विना अनुमति कसैले कतै प्रयोग गरेको हुनसक्ने भएपनि आफु यस प्रकरणमा कतै पनि सामेल नभएको स्पष्टीकरण दिंदै आएका छन् ।  
यसो त उनको डेपुटी सीइओ पदमा भएको नियुक्तिले बैंकलाई ‘ब्याक फायर’ गर्ने विश्लेषण धेरैले गरेका छन् । यस्तो विश्लेषण गर्नेमा पत्रकारहरु नै बढी छन् । सो प्रकरणमा उनी भने मौन छन् ।  यसो त उनी निकट केहि बैंकरहरु उनले जानी-नजानी गल्ती गरेको भएपनि संचारमाध्यममाथि त्यस्तो पूर्वाग्रह राख्ने वा राख्न प्रेरित गर्ने खालको उनी नभएको बताउँछन् । उनी डेपुटी सीइओ हुँदा अव उनलाइ नै जोडेर लेखिएको समाचारमा एक संस्थाले हालेको मुद्धाको फैसला कस्तो आउँछ भन्ने कुराले पनि यो प्रकरणले कुन मोड लिन्छ भन्ने कुरा देखाउनेछ । 
यता एनआइशि एशियामा भने उनको कार्यशैली निकै राम्रो भएको बताउनेहरु धेरै छन् ।  तर कतिपय काममा आफु चिप्लिने अनि मिडियासँग नै जोहोरी खोज्नेगरी सल्लाह दिएका उनलाई यो सल्लाह नै घातक हुने विश्लेषण पनि धेरैले गरेका छन् । यसले समग्र बैंकको ‘इमेज’माथि पनि धक्का नलाग्ला भन्न सकिन्न ।       
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: