सनराइज बैंकको ११.५% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, पौष २९ मा साधारणसभा


लाष्ट रिमाइन्डर : 
कम्पनी : सनराइज बैंक
लाभांश : ११.५% नगद लाभांश
बुक क्लोज : पौष १२ गते, बिहिबार 
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (पौष ११, बुधबार)

विशेष साधारण सभा : पौष २९ गते 

विवरण :
सनराइज बैंकको ११.५% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज बिहीबार (पुस १२ गते) देखि पुस २९ गतेसम्म हुने भएको छ । बैंकले ९३ करोड ७५ लाख ४३ हजार ९२२ रुपैयाँ नगद लाभांशका लागि छुट्याएको छ । 

साधारण सभाका प्रस्ताव :
११.५% नगद लाभांशदिने ।
सहायक कम्पनी खोलेर सेयर ब्रोकरेज सम्बन्धी कार्य गर्न प्रबन्धपत्र संशोधन गर्ने
आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सान सम्बन्धी प्रस्ताव पेस गरिने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरेको ६३ लाख १८ हजार ६९४ रुपैयाँ अनुमोदन गर्ने

विशेष साधारण सभा हुने स्थान र समय :
अमृतभोग क्याटरर्स कालिकास्थानमा बिहान १० बजे ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब १५ करोड २५ लाख रुपैयाँ
चालु आवको प्रथम त्रैमासको खुद नाफा : ३३ करोड १४ लाख रुपैयाँ
प्रतिसेयर आम्दानी : १६ रुपैयाँ २६ पैसा
प्रकाशित मिति : Wednesday, December 26, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal