स्वावलम्बल लघुवित्तले ३६.८४% लाभांश पारित गर्न पुस २६ मा बोलायो एजिएम, कहिले हुँदैछ बुक क्लोज ?

एजिएम नोटिस :
कम्पनी : स्वावलम्बल लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : पुस २६ गते

विवरण : 
स्वावलम्बल लघुवित्त वित्तीय संस्थाको साधारण सभा पुस २६ गते हुने भएको छ । सभाका लागि कम्पनीले पुस १० गतेबाट सभा हुने दिनसम्म बुक क्लोज गर्नेछ । 

पेस गर्ने प्रस्तावहरु :
२५% बोनस सेयर र ११.८४% नगद लाभांश दिने ।
संस्थापक समूह र सर्वसाधारण समूहको ७०ः३० अनुपातलाई घटाएर ५१ः४९ अनुपात कायम गर्ने ।
१० लाख ४८ हजार १४८ कित्ता एफपीओ ल्याउने ।
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
आर्थिक वर्ष २०७४ र ७५ को वार्षिक प्रतिवेदनसहित २०७५ असार मसान्त सम्मको वासलात लगायत अन्य प्रतिवेदन पारित गर्ने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।

एजिएम हुने स्थान र समय :
अम्रपाली ब्यांकेट काठमाडौंमा बिहान १०.३० बजे 

कम्पनी प्रोफाइल :
 चुक्ता पुँजी : ५० करोड ३१ लाख ११ हजार रुपैयाँ 
प्रकाशित : Tuesday, December 18, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal