×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

द हिमालयन टाइम्सको पाना नम्बर ९ : सिनियर एसिष्टेन्ट हुन प्लस टु पास भए पुग्ने, जुनियर एसिष्टेन्ट हुन सिए पास !

  • अर्थ सरोकार संबाददाता 
काठमाडौँ- सिए प्रोफेसनको साख गिर्दै गएकोबारे बहस भइरहेका बेला अव त सार्वजनिक रुपमै सिएको स्तर तल गिराउनेगरीका भ्याकेन्सीहरु सार्वजनिक हुन थालेका छन् । यसैबीच केहि समय अगाडी एभेरेष्ट बैंकले सिएलाई जुनियर एसिष्टेन्ट पदमा मागेको थियो । त्यो पनि २३००० रुपैयाँ तलवमा । आज सोहि बैंकले सोहि भ्याकेन्सी पुन: द हिमालयन टाइम्समा छापेको छ । अझ उसले भ्याकेन्सीमा भनेको छ, ‘पहिला २३००० दिन्छौं केहि समयको अवधिपछी तलव ३३००० भन्दा कम हुन्न् ।’ पैसाको कुरा अलग पाटो होला । तर सिए भएपनि हुन्छ ब्याचलर गरेको भएपनि हुन्छ भनेर भ्याकेन्सी निकाल्नु कति ठिक कति बेठिक भन्ने प्रश्न उब्जिएको छ ।
अव आजको द हिमालयन टाइम्सको कुरा गरौँ । पत्रिकाको पाना नम्बर २ मा थुप्रै भ्याकेन्सीहरु छ । त्यो मध्ये एभेरेष्ट बैंक र गरिमा बिकास बैंकको भ्याकेन्सी सँगै छ । गरिमाले सिनियर एसिष्टेन्ट पदका लागि प्लस टु पास गरेको हुनुपर्ने उल्लेख गएको छ । त्यसको ठ्याक्कै साइडमा एभेरेष्टले भने जुनियर एसिष्टेन्टका लागि सिए मागेको छ । अव आम नागरिकले यो भ्याकेन्सीलाई कसरी बुज्छन् भन्ने कुराले सिए प्रोफेसनको साख कहाँसम्म झरिसक्यो भन्ने निर्धारण पक्कै गर्छ । नियामकले यस विषयमा सोच्न पर्ने बेला भएन र ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: