×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

तिनाउ विकास बैंकको १२% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ एजिएम ?

लाष्ट रिमाइन्डर :
कम्पनी : तिनाउ विकास बैंक

लाभांश : १२% बोनस सेयर
बुक क्लोज : सोमबार (मंसिर २४ गते)
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (आइतबार, मंसिर २३ गते)

विशेष साधारण सभा : पुस ७ गते

विवरण :
तिनाउ विकास बैंकको १२% बोनस सेयर  सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज मंसिर २४ गतेदेखि साधारण सभा हुने दिनसम्म हुने छ ।

साधारण सभाका प्रस्ताव : 

१२% बोनस सेयर र (कर तिर्न) ०.६३% नगद लाभांश दिने,
जारी पुँजी र चुक्ता पुँजी वृद्धि गर्ने सम्बन्धमा प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक गरी पारिश्रमिक निर्धारण गर्ने ।

विशेष साधारण सभा हुने स्थान र समय :

क्लब डेनेभो बुटवल कालिकानगरमा बिहान ९ बजे ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ५० करोड ६९ लाख ३४ हजार रुपैयाँ

बोनसपछि चुक्ता पुँजी : ५६ करोड ७७ लाख ६७ हजार १०३.७६ रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ८० लाख ८ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ६ रुपैयाँ ३२ पैसा
प्रतिसेयर नेटवर्थ : १३० रुपैयाँ ५६ पैसा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: