युनिभर्सल पावरको २१ लाख ३५० कित्ता आइपिओ खुल्ला, क-कसले पाइन्छ भर्न ?

आइपिओ नोटिस :
कम्पनी : युनिभर्सल पावर कम्पनी
खुला भएको मिति : आज (पुस १५ गते, आइतबार)
भर्ने अन्तिम मिति : पुस २९ गते
कित्ता : २१ लाख ३५० कित्ता
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ५ लाख कित्ता

विवरण : 
युनिभर्सल पावर कम्पनीले २१ लाख ३५० कित्ता आइपीओ आजदेखि बिक्री खुल्ला भएको छ । पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि आइपीओ बिक्री गर्न लागेको हो । यसमा दोलखा जिल्लाका गैरिशंकर, कालिञ्चोक र विगु गाउँपालिकाका स्थानीयले पुस २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आवेदन दिन सकिने शाखाहरु :
सिटिजन्स, एनआइसी एसिया, सिद्धार्थ र कृषि विकास बैंकको तथा महालक्ष्मी विकास बैंकको चरिकोट शाखाबाट ।
सिन्धु विकास बैंकको मुडे, चरिकोट र सिंगटी शाखा तथा हिमालयन बैंकको गौरिशंकर शाखाबाट ।
प्रकाशित मिति : Sunday, December 30, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal