×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

अर्घाखाँची सिमेन्ट तेश्रो पटक पनि गुणस्तरहीन प्रमाणित, बजारबाट सिमेन्ट फिर्ता ल्याउन पुन: परिपत्र !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – यसअघि दुइ पटक गुणस्तरहीन प्रमाणित भइसकेको सिमेन्टको विक्री वितरण नरोक्दा संकलन गरिएको तेश्रो नमुना पनि गुणस्तरमा ‘फेल’ भएको छ । अर्घाखाँची सिमेन्ट दुइ पटक गुणस्तरहीन प्रमाणित भइसकेको खबर अर्थ सरोकारले सार्वजनिक गरेपछि रुपन्देहीमा उक्त सिमेन्टविरुद्ध उजुरी परेको थियो । आफुकहाँ उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अर्घाखाँची सिमेन्टको गुणस्तर पुनः चेकजांचका लागि नमूना संकलन गरी काठमाडौँ पठाएको थियो । उक्त सिमेन्ट जाँच गर्दा तेश्रो पटक पनि सिमेन्ट गुणस्तरहीन प्रमाणित भएको छ । ल्याबमा परिक्षण गराउँदा एमजीओको मात्रा गुणस्तर मापदण्ड अनुसार नभएको भन्दै नेपाल गुणस्तर तथा नापतौल विभागले तेश्रो पटक अर्घाखाँची सिमेन्टलाई ‘गुणस्तरहीन’ प्रमाणित गरेको हो । यस अघि दुइ पटक गुणस्तरहीन सिमेन्ट बेचेको प्रमाणित हुँदा पनि सिमेन्ट उद्योगले दादागिरी देखाएर विभागलाई नै अटेरी गरेपछि बजारमा लाखौँ बोरा गुणस्तरहीन अर्घाखाँची सिमेन्ट त्यसै छन् । कति त प्रयोगसमेत भइसकेका छन् । 
यो पनि पढ्नुहोस् 

सिमेन्ट फिर्ता ल्याउन परिपत्र !
यसैबीच विभागले अर्घाखाँची सिमेन्टका नाममा पुन: गुणस्तरहीन प्रमाणित भएका सिमेन्ट फिर्ता ल्याउन परिपत्र गरेको छ । विभागले रुपन्देहिबाट संकलित सिमेन्ट गुणस्तर मापदण्ड अनुसार नभएकाले उक्त ब्याचका सम्पूर्ण सिमेन्टहरु बजारबाट फिर्ता ल्याउन परिपत्र गरेको हो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको निर्देशनमा पुनः ल्याब परीक्षणका लागि सिमेन्टको नमूना संकलन भएको थियो । कार्यालय प्रमुख बेदप्रकाश उपाध्यायको नेतृत्वमा सियारी गाउँपालिकाका लेखाअधिकृत रेनुराम ज्ञवाली सहित जिल्ला प्रशासन कार्यालय रुपन्देही, गुणस्तर तथा नापतौल कार्यालय बुटवलसहितको टोलीले अर्घाखाँची सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्टको नमूना संकलन गरेको थियो । संकलन गरिएको नमूनाको गुणस्तर परीक्षणका लागि काठमाडौं पठाइएको थियो । त्यहि सिमेन्ट काठमाडौँको ल्याबमा परिक्षण गराउँदा सिमेन्ट गुणस्तरहीन प्रमाणित भएको हो । यसअघि काठमाडौँको स्वयम्भू र दोलखाबाट संकलित सिमेन्टको नमूना गुणस्तरहीन प्रमाणित भएको थियो । सिमेन्ट गुणस्तरहीन प्रमाणित भएपछी दुवै पटक नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन प्रमाणित भएका सिमेन्ट फिर्ता गर्न निर्देशन दिएको थियो । तर कतिपय सिमेन्ट प्रयोग भइसकेका कारण र कतिपय स्थितिमा उद्योगले नै अटेरी गर्दा बजारबाट करिव साँढे ४ चार लाख बोरा गुणस्तरहीन सिमेन्ट फिर्ता गएनन् । जसका कारण अर्घाखाँची सिमेन्ट प्रयोग भएका ती घरहरुमा सामस्या देखिएको छ । 

यो पनि पढ्नुहोस् 

बजारमा गुणस्तरहीन सिमेन्ट ७ लाख बोरा नाघ्यो !
यस अघि नेपाल गुणस्तर तथा नापतौल विभागले दिएको सूचना अनुसार नै बजारमा २ ब्याचका सिमेन्ट गरी ४९०००० बोरा गुणस्तरहीन बोरा सिमेन्ट रहेको थियो । अहिले विभागले एक ब्याचको सिमेन्ट गुणस्तरहीन प्रमाणित गरेको छ अर्थात अव बजारमा कुल गुणस्तरहीन सिमेन्टको संख्या ७ लाख ३५ हजार बोरा पुगेको छ । एक ब्याच भनेको ७ दिन हुने र एक दिनमा सिमेन्ट उद्योगबाट ३५००० बोरा सिमेन्ट उत्पादन हुने तथ्यांक विभागका डिजीले अर्थ सरोकारलाई दिएका थिए ।  
के भन्छन् सिमेन्ट उद्योगका प्रतिनिधि ?
यस विषयमा बुझ्न हामीले सिमेन्ट उद्योगका एसिष्टेन्ट जनरल मेनेजर रमेश थापालाई फोन गरेका थियौं । उनले अहिले गुणस्तरहिन प्रमाणित भएको सिमेन्ट तेश्रो पटक नभई दोश्रो पटक भएको दावी गरे । ‘यो पनि अस्तिन कै रिपोर्ट होला । नयाँ होइन ।’ उनले भने । हामीले तेश्रो पटकको तथ्य जानकारी गराएपछी उनले भने, ‘म अहिले बाहिर छु । मैले पनि विहान सिमेन्टमा एमजीओको मात्रा गुणस्तर मापदण्ड अनुसार नभएको खबर पढें । के रहेछ म बुझ्छु । काठमाडौँ आएपछी खबर गरौंला ।’ उनी काठमाडौँ बाहिर भएकाले स्पष्ट जवाफ नआएपछी हामीले सिमेन्ट उद्योगका ब्राण्ड मेनेजर महेन्द्र कोइरालालाई फोन गर्यौं । उनले अर्थ सरोकारले बेलैमा आफुहरुलाई सचेत गराएको भएपनि यस विषयमा सिरियस नहुँदा सिमेन्ट पुन: गुणस्तरहीन प्रमाणित भएको स्वीकार गरे । ‘ सिमेन्ट फेरि पनि गुणस्तरहीन प्रमाणित भएको समाचार आफुले पनि पढेको बताउँदै उनले भने, ‘आज कार्यालयमा कोहि पनि हुनुहुन्न । सरहरु अफिस आएपछि यस विषयमा गम्भीर छलफल होला ।’ उनले भने। सिमेन्ट गुणस्तरहीन प्रमाणित भएको खबर आजका कान्तिपुरसहितका विभिन्न पत्रपत्रिकामा समेत प्रकाशित छ ।
होङशीको हालत पनि उस्तै !
यता अर्घाखाँची सिमेन्ट मात्र होइन होङशी सिमेन्ट पनि दोश्रो पटक गुणस्तरहीन प्रमाणित भएको छ । भर्खर बजारमा प्रवेश गरेको यो सिमेन्टले बजारमा पूर्ण प्रवेश नपाउँदै दोश्रो पटक पनि गुणस्तरहीन प्रमाणित भएको हो । यसअघि उक्त सिमेन्टमा पनि एमजीओको मात्रा गुणस्त मापदण्ड अनुसार नभएको जानकारी नेपाल गुणस्तर तथा नापतौल विभागका डीजीले अर्थ सरोकारलाई गराएका थिए ।   यस विषयमा तयार गरिएको भिडियो सामाग्री अर्थ सरोकार डटकममा छिट्टै प्रशारण हुनेछ ।                  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: