×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

छोटेलाललाई कारवाहीको माग गर्दै नेप्सेमा स्टक ब्रोकर एसोसिएसनको पत्र, अम्बिका पौडेलको ग्रीन सिग्नल !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- गत मंसिर १० गते नेप्सेमा भएको आन्दोलनको क्रममा नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले स्टक ब्रोकरहरुलाई चोर भने । त्यसमा आपत्ति जनाउँदै स्टक ब्रोकर एशोसिएसनले फोरमसँग आधिकारिक धारणा माग्यो । फोरमले घुमाउरो पाराले छोटेलाललाई जोगायो । त्यसपछि अन्ततः स्टक ब्रोकर एशोसिएसनले नेपाल स्टक एक्सचेञ्जलाई छोटेलाललाई कारवाहीको माग गर्दै उजुरी दर्ता गराएको छ ।
एशोसिएसनका अध्यक्ष भरत रानाभाटले हस्ताक्षर गरेको पत्रमा रौनियारको अभिव्यक्तिले आफूहरुको व्यवसायिक प्रतिष्ठामा खलल पुगेको र यो विषयमा इन्भेष्टर्स फोरम गम्भीर नदेखिएको भन्दै आवश्यक कारबाहीका लागि आग्रह गरेका छन् । ‘पदाधिकारीबाटै हुने यस्ता क्रियाकलापलाई इन्भेष्टर्स फोरमले प्रश्रय दिइरहेको हाम्रो ठम्याई छ । यस्ता व्यक्ति तथा संगठनको संलग्नताले समग्र पूँजीबजार र यससँग सम्बन्धित सबैलाई असर पर्ने देखिन्छ ।’ पत्रमा भनिएको छ । 
अम्बिका प्रसाद पौडेलको ग्रीन सिग्नल ?
यसो त पत्र पठाउनुअघि ब्रोकर एसोसिएसनका अध्यक्षले अम्बिका पौडेललाई फोन गरी अनौपचारिक कुराकानी गरेको बुझिएको छ । त्यहाँबाट ग्रीन सिग्नल पाएपछी अन्तत एसोसीएसनले उक्त कदम चालेको हो । मंगलबार  संघीय संसद अर्थ समितिको बैठकमा पनि अम्बिका पौडेल र भरत रानाभाट सँगै थिए । त्यहाँ पनि उनीहरुले यस विषयमा कुराकानी गरिरहेका थिए । यस विषयमा अम्बिका पौडेलले आधिकारिक धारणा सार्वजनिक नगरेको भएपनि फोरमको आधिकारिक धारणा नभएकोले नेप्से गुहार्ने कुरालाई रानाभाटलाई समर्थन जनाएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: