×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिटिजन्स बैंकको अनलाइन सेवा : घरमै बसेर खाता खोल्न सकिने

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडमा अब अनलाइनबाटै खाता खोल्न मिल्ने भएको छ । बैंकले सर्वसाधरणहरुलाई सेवा दिने हेतुले घरैमा बसेर अनलाइनबाट बैंक खाता खोल्न सकिने अनलाईन सुविधा ल्याएको हो । बैंकले सरल,सहज र सुरक्षित तरिकाबाट बैंक खाता खोल्न नयाँ अनलाइन सेवा सञ्चालनमा ल्याएको हो । 
देशभित्र तथा बाहिर रहेका समस्त नेपाली नागरिकहरूले यस प्रविधिको माध्यमबाट सिटिजन्स बैंकमा खाता खोल्न सक्नेछन् । यस सुविधाको सुरुवात संगै बैंकमा खाता खोल्न बैंक धाउनु पर्ने कठिन परिस्थितिको न्युनिकरण हुने बैंकले विश्वास लिएको छ । 
उक्त सेवाबाट ग्राहकहरूले आफ्नो समयानुकुल बैंकको धभदकष्तभ बाट खाता खोल्न सक्नेछन् । यस अघि पनि बैंकले पनि सूचना तथा संचार प्रविधिमा आएको आमूल परिवर्तनलाई आत्मसाथ गर्दै आएको बैंकले अनलाइन आस्वा, डिम्याट, केवाइसी, मेरो सेयर र स्मार्ट बैंकिङ जस्ता विभिन्न सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ । 
हाल बैंकले ८० वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदानगर्दै आएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: