×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ठगी र बैंकिङ कसुरसम्बन्धी अभियोगमा कन्सल्टेन्सी व्यवसायी सोनु अग्रवाल पक्राउ, यस्तो छ विवादको चुरो !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कन्सलटेन्सी व्यवसायी सोनु अग्रवाल पक्राउ परेका छन् । ठगी र बैंकिङ कसुरसम्बन्धी अभियोगमा एईसीसी ग्लोबल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक सोनु अग्रवाल पक्राउ परेका हुन् । एईसीसी ग्लोबल कन्सल्टेन्सीका २५ प्रतिशत स्वामित्व रहेका सचिन उपाध्यायले सोनु अग्रवालका दाजु रञ्जित अग्रवालविरुद्ध ठगी अभियोगमा दिएको जाहेरीका आधारमा प्रहरी बृत्त कालिमाटीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीलाई नै झुट बोले अग्रवालले !
कालीमाटीबाट थागीएको टोलीले अग्रवालको घर पुग्दा सोनुले आफु नै रञ्जित भएको दावी गरेका थिए । त्यहि दावीपछी उनलाई प्रहरीले पक्राउ गरेको थियो । तर, बृत्तमा ल्याएर केरकार गर्दा उनी रञ्जित नभई सोनु भएको खुलेको कालिमाटी वृत्तका डीएसपी देबेन्द्रबहादुर पालले बताए । ‘पहिला उनले झुट बोलेका रहेछन् । पासपोर्ट चेक गर्दा उनी नेपाली मूलका अष्ट्रेलियन नागरिक सोनु अग्रवाल रहेको खुल्यो ।’ उनले अर्थ सरोकार डटकमसँग भने । प्रहरीका अनुसार सोनु एइसीसी ग्लोबलका प्रबन्ध निर्देशक हुन् भने उनका दाजु रञ्जित नेपालका कन्ट्री हेड हुन् । प्रहरीका अनुसार रञ्जितले पूर्वकन्ट्री हेड सचिन उपाध्यायलाई दिएको १० लाखको चेक नक्कली भेटिएपछि प्रहरीले उनलाई बैंकिङ कसुरमा पक्राउ गर्न खोजेको थियो । तर, सोनुले दाजुलाई भगाएर आफु नै रञ्जित भएको गलत बयान दिँदैसँगै उनी पक्राउ परेका छन् ।
केही महिनाअगाडि दुई पार्टनरवीच सुरु भएको विवाद अहिले नेपालको अदालत र प्रहरीसम्म पुगेको छ ।एईसीसीको नेपालस्थित कम्पनीको २५ प्रतिशत सेयर आफ्नो नाममा हुनुपर्ने सचिनको दाबी छ । साथै स्टाफको तलव खुवाउन दशैैं अगाडि दिएको १० लाख रुपैयाँको फिर्ता माग्दा आफ्नो हस्ताक्षर नै नचल्ने चेक दिएको भन्दै उनले बैंकिङ कसुरमा कारबाहीका लागि रञ्जित अग्रवालबिरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । विवादका कारण काठमाण्डौंको अफिस केही साता बन्द रहेको थियो । यहि विवादका कारण यो कम्पनी धरासायी बन्ने भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: