×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेयर लगानीकर्ताका ‘रियल लिडर’हरुको नेतृत्वमा जन्मियो नयाँ संगठन, अध्यक्षमा हरि ढकाल !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – यसअघि सेयर बजार बलियो हुनुपर्छ भन्दै अनसनमा बसेर सबैलाई दबाब दिन सफल लगानीकर्ताहरु मिलेर सेयर लगानीकर्ताको नयाँ संगठन जन्माएका छन् । अनसनमा सहभागी युवा हरि ढकालको नेतृत्वमा ‘सेयर लगानीकर्ता दवाब समूह’ नामको संगठन स्थापना भएको हो । शुक्रबार भृकुटीमण्डपमा भएको भेलाले लगानी दवाब समूहको नाममा संगठन दर्ता गर्ने निर्णय गरेको हो । 
समितिको वरिष्ठ सल्लाहकारमा तिलक कोइराला चयन भएका छन्  । यता समितिको वरिष्ठ सल्लाहकारमा तिलक कोइराला चयन भएका छन् भने सल्लाहकारहरुमा पूजा भट्टराई, ओम लामिछाने, निरञ्जन राजकर्णिकार र नवराज उप्रेती चयन भएका छन् । यो समूहले ६ महिनाभित्रमा साधारणसभा गरी निर्वाचनबाट नयाँ कार्यसमिति चयन गर्ने समेत बताएको छ । त्यो बेलासम्म लगानीकर्ताका हकहितमा काम गरिराख्नेसमेत उनीहरुको भनाइ छ।  
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: