×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

EXCLUSIVE : राष्ट्र बैंकको नियम मिचेर १२.५ प्रतिशतमा डिपोजिट उठाउँदै कैलाश बिकास बैंक ! (प्रमाणसहित)

 

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाल राष्ट्र बैंकले जारी गरेको नियम विपरित कैलाश बिकास बैंकले डिपोजिट उठाएको प्रमाण अर्थ सरोकार डटकमले फेला पारेको छ । बैंकले मिति २०१८ डिसेम्बर २८ तारिखका दिन एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट ३६ महिना अर्थात ३ बर्षका लागि १२.५ प्रतिशत ब्याजदर दिनेगरी नियम विपरित डिपोजिट उठाएको प्रमाण अर्थ सरोकार डटकमले फेला पारेको हो ।
नेपाल राष्ट्र बैंकको नियम अनुसार प्रकाशित ब्याजदरमा बढीमा १ प्रतिशत थपी मात्र यस्तो डिपोजिट उठाउन मिल्छ । बैंकले डिसेम्बर २५ तारिखका दिन संस्थागत निक्षेपका हकमा १० प्रतिशत ब्याजदर प्रकाशन गरेको छ । जसअनुसार बढीमा ११ प्रतिशत ब्याजदर लिएर बैंकले डिपोजिट उठाउन पाउँछ । तर नेपाल राष्ट्र बैंकको नियमलाई चुनौती दिँदै एशियन लाइफ इन्स्योरेन्स कम्पनीबाट मुद्दती निक्षेप नम्बर ए८८०५३०२२००१ नम्बरमा बैंकले ३६ महिनाका लागि निक्षेप उठाएको पाइएको छ । त्रैमासिक रुपमा ब्याज दिनेगरी नियम विपरित कैलाशले यसरी डिपोजिट उठाएको हो ।
डिपोजिट २०१८ डिसेम्बर २८ गते क्लियर भएको देखिन्छ । र यो डिपोजिटको म्याद २०२१ डिसेम्बर २७ मा सकिनेगरी रकम बैंकमा राखिएको स्लीप अर्थ सरोकार डटकमले गोप्य स्रोतबाट प्राप्त गरेको हो । यो सरासर नेपाल राष्ट्र बैंकले जारी गरेको नियमको धज्जी उडाइएको प्रमाण हो । पछिल्लो समय बैंकभित्र संस्थागत सुशासन कमजोर भएको खबरहरु आइरहेका बेला यो हदसम्मको बदमासी भेटिएको हो । 
हेर्नुहोस् एशियन लाइफ इन्स्योरेन्सबाट कैलाश बिकास बैंकले ५० लाख गैरकानुनी रुपमा डिपोजिट उठाएको ४७३२३ नम्बरको स्लिप:
अव हेरौं नेपाल राष्ट्र बैंकले जारी गरेको नियममा ब्याजदर सम्बन्धि व्यवस्था :
अव हेरौं कैलाश बिकास बैंकले मिटि २०१८ डिसेम्बर २५ देखि लागू हुने गरी प्रकाशित गरेको ब्याजदर :
के भन्छ बैंक ?
यस विषयमा बुझ्न हामीले कैलाश बिकास बैंकका सूचना अधिकारी प्रकृति राज तिमिल्सीनासँग सम्पर्क गरेका थियौं । उनले सुरुमा एशियन लाइफ इन्स्योरेन्सबाट आफ्नो बैंकले नियम मिचेर डिपोजिट उठाएकोबारे आफुलाई थाहा नभएको दावी गर्दै पहिला नै डिपोजिट भएको रकम पछि क्लियर भएको हुनसक्ने बताएका छन् । जवकी डिपोजिटको म्याद सकिने मितिबाट यो रकम डिसेम्बर २८ देखि लागू हुने गरी राखिएको स्पष्ट देखिन्छ । ‘स्पेसिफिक केस त थाहा छैन, तर हामीले नियम विपरित काम गरेका छैनौं ।’ बैंकका सूचना अधिकारी तिमिल्सिनाले अर्थ सरोकार डटकमसँग भने, ‘राष्ट्र बैंकको नियम मिचेर एक रुपैयाँ पनि डिपोजिट उठाईएको छैन।’ 
तर तस्विर आफैं बोल्छ भनेजस्तै कैलाश बिकास बैंकले नेपाल राष्ट्र बैंकको नियम मिचेर भित्रभित्रै गैरकानुनी रुपमा डिपोजिट उठाईरहेको बुझ्न गाह्रो छैन । यता कैलाश बिकास बैंककै एक उच्च तहका कर्मचारीले भने तारा मानान्धरले मुक्तिनाथ बिकास बैंकमा डिल गरेको डिपोजिट कैलाशमा ल्याएको आरोप लगाएका छन् । यस्तो जानकारी पाएपछि हामीले तुरुन्त बैंकका डेपुटी सीइओ तारा मानन्धरलाई फोन गर्यौं । उनले आफुलाई यस विषयमा केहि पनि थाहा नभएको र आफुले डिपोजिट ल्याएको भन्ने कुरा गलत भएको दावी गरे । ‘मैले डिपोजिट ल्याएको भन्ने कुरा गलत हो । बाँकी कुरा बुझेर खबर गर्छु ।’ अर्थ सरोकार डटकमसँग उनले भने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: