×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जनता र माछापुछ्रेलाई च्यालेन्ज गर्दै कुमारी बैंकले ल्यायो १३ प्रतिशत ब्याज दिने स्किम, अरु बैंकले झन् बढाउँदै !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल बैंकर्स संघले व्यक्तिगत तर्फको मुद्दती निक्षेपमा भद्र सहमति हटाउने निर्णयसँगै बजारमा ब्याजदर बढाउने प्रतिष्पर्धा चलेको छ । यसैबीच बुधबारमात्र जनता बैंकले मुद्दती निक्षेपमा अहिले सम्मकै सर्बाधिक ब्याज भन्दै १२ प्रतिशत दिने स्किम ल्याउँदा माछापुछ्रे बैंकले १२.५ प्रतिशत ब्याजको स्किम ल्याएकोमा आज कुमारी बैंकले १३ प्रतिशतको स्किम ल्याएको छ । आज विभिन्न पत्र पत्रिकामा बिज्ञापन प्रकाशन गरेर कुमारीले १३ प्रतिशत ब्याजको स्किम ल्याएको हो । यसो त कुमारी बैंकले न्युनतम १० हजार रुपैयाँ राखे पनि तीन बर्षसम्म १३ प्रतिशत ब्याज दिने बिज्ञापन राखेपछि बैंक कतिसम्म ध्वस्त भइसकेछ भनेर अनुमान गर्न गाह्रो नहुने विश्लेषण भइरहेको छ ।
यस्तो त यो प्रतिष्पर्धा झन् चर्कने निश्चित छ । अर्थ सरोकार डटकमले प्राप्त गरेको सूचना अनुसार भोलि थप एक बैंकले १३.५ प्रतिशत ब्याज दिने स्किम ल्याउँदैछ । ‘१३.५ दिने कि १४ दिने भन्ने सल्लाह हुँदैछ ।’ एक बैंकका अधिकारीले अर्थ सरोकारसँग भने, ‘बजारमा ब्याजदर १५ प्रतिशत सजिलै पुग्ने देखियो ।’ 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: