×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मेलम्ची आयोजनाका ठेकेदारले प्रोजेक्टबाट हात झिकेपछि अफ्ट्यारोमा दुई ठूला बैंक, अरवौं रुपैयाँ डुब्ने भो !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – इटालियन ठेकदार कम्पनी सीएमसीले निर्माणाधीन मेलम्ची खानेपानी आयोजना छाडेको घोषणा गरेको छ । सरकारले उसको पत्र बुझ्न अस्वीकार गरेपनि अव उसले काम गर्दैन भन्ने भने पक्कापक्की भएको छ । सीएमसीले ‘फन्ड सर्टेज’ भएको भन्दै काम अघि बढाउन नसक्ने पत्रमा उल्लेख गरेको स्रोतको दाबी छ ।ठेकेदार कम्पनीका प्रतिनिधि आयोजनाको बाँकी काम गर्न नसक्ने व्यहोराको पत्र बोकेर आइतबार मेलम्ची खानेपानी आयोजनामा पुगेका थिए । 
दशैं लगत्तै मेलम्चीको पानी काठमाडौँ आउने बचन दिएको खानेपानी मन्त्रालयले पत्र नबुझ्न आयोजनालाई निर्देशन दिएको थियो । यसअघि उसले यही डिसेम्बर १४ सम्म आफूले दावी गरेको रकम दिन समयसीमा दिएको थियो । तर, सरकारले बाँकी काम सिध्याएपछि मात्रै थप रकम भुक्तानी दिने जवाफ दिएको छ । सरकारबाट पैसा नपाएपछि सीएमसीका अधिकारीहरु सुटुक्क भाग्न खोजेका थिए । तर, पूर्वसूचना पाएपछि नेपाल प्रहरीको सहयोगमा ८ जनालाई ठमेलबाट नियन्त्रणमा लिइएको छ ।
मेलम्चीको काममा अवरोध आउने भएपछी एकातर मेलम्ची योजना नै के हुने बहस सुरु भएको छ भने दुइ ठुला बैंकहरुलाई पनि यहि प्रकरणले संकट आउने देखिएको छ । यसअघि हिमालयन बैंक र बैंक अफ काठमाण्डू लिमिटेडको चिनीया ठेकेदारका निम्ती बैंकले बैंक ग्यारेन्टी वापत हिमालयन बैंकको ६७ करोड रुपैयाँ र बैंक अफ काठमाडूको ५७ करोड रुपैयाँ गरि १ अर्ब १५ करोड डुबेको थियो । दुबै बैंकले सो रकम प्रभिजन गरेका त छन्, तर सो काण्ड भएको केहि बर्ष बित्न नपाउंदै अव नेपाल इन्भेष्टमेन्ट बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक मार्फत राखेको २ अर्ब ३६ करोडको बैक ग्यारेण्टी पनि अब यसभन्दा पहिला चिनियाँ कम्पनीमा डुब्ने खतरा बढेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: