×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाटोमा भेट्टाएको नागरिकताबाट ६८ करोड ठगी !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ पुष २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

बाटोमा भेट्टाएको नागरिकताबाट ६८ करोड ठगी !

काठमाडौं । बाटोमा भेट्टाएको नागरिकताबाट एक व्यक्तिले ६८ करोड रुपैयाँ ठगी गरेकाे खबर अाजकाे नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले ठगीमा संलग्न बिजयनारायण श्रेष्ठलगायत चारजनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
समाचारकाे अुनसार बाटोमा भेट्टाएको नागरिकताबाट कम्पनी दर्ता गरी उनीहरुले ६८ करोड राजस्व छली गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।प्रहरीका अनुसार उनीहरुले सो कम्पनीमार्फत दुई अर्ब ४२ करोड रुपैयाँको कारोबार गरेका थिए ।
तर, एक रुपैयाँ पनि कर तिरेको थिएनन् । कर छलीकै उदेश्यले अर्काको नागरिकता प्रयोग गरी कम्पनी स्थापना गरेको देखिन्छ , अनुसन्धानमा आबद्ध सिआईबीका एक अधिकारीले भने, छानविनमा तानिएमा आफुहरु जोगिने उदेश्य उनीहरुको देखिन्छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: