×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् नक्कली सुनलाई सक्कली भनेर बेच्ने धुन्धुकारी ! कोटेश्वर र पेप्सीकोला एरियाका थुप्रै फसे ! (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ पुष २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

यी हुन् नक्कली सुनलाई सक्कली भनेर बेच्ने धुन्धुकारी ! कोटेश्वर र पेप्सीकोला एरियाका थुप्रै फसे ! (भिडियो)

काठमाडौंको पेप्सीकोलाबाट नक्कली गहनालाई सक्कली भनि ठगी गर्ने १ जना गिरोह पक्राउ परेका छन । काठमाडौंको कोटेश्वर, जडिबुटी र पेप्सीकोला एरियामा नक्कली सुनलाई सक्कली भनि ठगी गर्दै आएका ललितपुरका २६ वर्षीय राजु परियार गत बिहिबार साँझ साँढे ६ बजेतिर काठमाडौंको पेप्सीकोलाबाट पक्राउ परेका हुन । ठगिएका रमेश मगर र रवि तामाङले उजुरी दिएपछि परियारलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी बसन्तकुमार लामाले जानकारी दिए । उनको साथबाट प्रहरीले सुनजस्तो देखिने धातुको १० थान सिक्री, सुन जस्तो देखिने धातुको ३२ थान बेरुवा औंठी, सुनजस्तो देखिने धातुको सादा ब्रासलेट १ थान बरामद गरेको छ । 
त्यसैगरी नक्कली रिङ एक जोर, कानमा लगाउने नक्कली टप १ जोर, मोवाइल ४ थान, विभिन्न व्यक्तिहरुको नागरिकताको प्रमाण पत्र ११ थान पनि बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका परियारले नक्कली सुनलाई सक्कली भनि ३ लाख ९० हजार असुली गरेको प्रहरीमा उजुरी परेको छ । सोही उजुरीको आधारमा उनीमाथि कार्वाही प्रक्रिया अघि बढाइएको पनि एसएसपी लामाले बताए  ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: