×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यी हुन् ‘राजनीति’का नाममा कलेज सञ्चालकसँग घुस खाने अनेरास्ववियुका कथित विद्यार्थी नेता ! (थप विवरणसहित)

काठमाडौँ- कलेज सञ्चालकसँग घुस खाने अनेरास्ववियुका एक नेतालाई संगठनले कारवाही गरेको छ । कारबाहीमा परेका छन । अनेरास्ववियु सिटिइभिटी राष्ट्रिय कमिटिका अध्यक्ष रमेश सिंह ठकुरी, अखिल क्रान्तिकारी सिटिइभिटी उपत्यका जिल्ला कमिटिका अध्यक्ष नुर्वु लामा र महेन्द्र हमालले विद्यार्थीको आन्दोलन र वार्ताका नाममा लाखाैँ रूपैयाँ लिएको खुलासा भएपछी उनी कारवाहीमा परेका हुन् ।
सिटिइभिटीबाट अनुमति लिएर भक्तपुरमा सञ्चालित भक्तपुर टेक्निकल कलेजले १८ महिने अनमी कोर्षका लागि बढी शुल्क लिएको भन्दै विद्यार्थीले विरोध गरिरहेका बेला कलेजकी सञ्चालक सिन्धु मल्लले सिटिइभिटी अन्तरगतका अखिलका तीन विद्यार्थी नेताहरुलाई ४ लाख बुझाएको बताएपछि यो विषय बाहिर अाएको थियो । घटनाको पोल खुलेपछि अनेरास्ववियुका महासचिव ऐन महरले फेसबुकमा मार्फत यस्तो धारणा सार्वजनिक गरेका छन् ।

महरको धारणा जस्तात्यस्तै

अनेरास्ववियु एउटा आन्दोलनको नाम हो। आफ्नो आधा शताब्दी भन्दा लामो आन्दोलनको जीवन मा यसले थुप्रै आरोह अबरोह ,हण्डर ठक्कर खानु परेको छ।कहिले बाह्य शक्ति बाट त कहिले आन्तरिक प्रवृत्ति बाट नै।तर लोकतान्त्रिक गणतन्त्र, संघियता, धर्म निरपेक्षता, सामाजिक न्याय र राष्ट्रियताको पक्षमा यसको अडान चट्टान झैं दृढ छ। साथै गुणस्तरीय शिक्षा, प्राबिधिक शिक्षा , जिबनोपयोगी शिक्षा का साथै सर्बसुलभ शिक्षा का खातिर अझ भनौं संबैधानिक रुपमा ब्यबस्था गरिएको शिक्षा लाई मौलिक हकको रुपमा कार्यान्वयन गर्न अनेरास्ववियु र समग्र विद्यार्थी आन्दोलन अनवरत रुपमा संघर्षरत छ।
यसै सन्दर्भ मा आज News24 television बाट प्रशारित ctevt द्धारा सञ्चालितअनाधिकारिक रुपमा विद्यार्थी बाट चर्को शुल्क असुलिरहेको भक्तपुरको एक कलेजमा विद्यार्थीको आन्दोलनमा विद्यार्थी संगठन र अनेरास्ववियु को नाममा आन्दोलन तुहाउने गरि आन्दोलन लाई घात गरि कलेज सञ्चालक संग साँठगाँठ गरि लेनदेन गरेको घटना ले लज्जाबोध भएको छ।यसले अनेरास्ववियु को साख गिराएको छ विद्यार्थी आन्दोलनलाई बदनाम बनाएको छ। त्यसैले कुनै पनि हालत मा यस्ता गतिबिधी जो सुकैले गरोस क्षम्य हुनुहुँदैन र हुँदैन पनि।उक्त घटनामा अनेरास्ववियु को नाममा संगठन को बदनाम हुने गरि संलग्न ब्यक्तिलाई संगठन को साधारण सदस्य पनि नरहने गरि कार्बाही गरिने ब्यहोरा सम्पुर्ण साथिहरुलाई जानकारी गराउन चाहन्छु। साथै उक्त कलेजमा सञ्चालित विद्यार्थी को आन्दोलनमा अनेरास्ववियुको निरन्तर साथ सहयोग रहने पनि जानकारी गराउन चाहन्छु।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: