×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१८ बर्षीय किशोरले चोरे पत्रकारको ल्याबटप, महांसघको पहलमा चोर पर्यो प्रहरी फन्दामा (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- दिनानुदिन चोरीका घटना बढेपछि सञ्चारगृहमा हुने चोरीका घटनामाथि छिटो अनुसन्धान गरी जनतालाई सुसुचित गराउने पत्रकारका चोरिएका समान छिटो भन्दा छिटो फिर्ता गराउने अभियानमा नेपाल पत्रकार महांसघ लागेको छ । यसैबीच केहि समय अगाडी हरपल नेपाल डटकम अनलाइनमा कार्यरत पत्रकार लोकराज जैशीको ल्याबटप, नगद लगायत चोरी भएको घटनामाथि पनि लाई नेपाल पत्रकार महासंघले अनुसन्धानका लागि पहल गरेको छ । महासंघकै पहलका कारण केहि समय अगाडी पत्रकार लोकराज जैशीको चोरिएको ल्याबटप फिर्ता भएको छ । घटनाबारे बताउंदै पत्रकार लोकराज जैशी ।
यता आफ्ना सदस्यहरुको पीर मर्कामा सदैब साथ् दिने प्रतिबद्धतास्वरूप नेपाल पत्रकार महासंघले यस्तो पहल लिएको महासंघका केन्द्रीय सदस्य एवम् क्रान्तिकारी पत्रकार संगठन नेपालका उपाध्यक्ष जन्मदेव जैशीले बताएका छन् । यता प्रहरीले भने उक्त घटनाको थप छानविन भइरहेको बताएको छ । हेरौं भिडियो रिपोर्ट :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: