×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महंगीको मारमा परेका जनतालाई थोरै भए पनि राहत : पेट्रोल र डिजेलको मूल्य घट्यो, कति पुग्यो भाउ ? (विवरणसहित)

काठमाडौँ- पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलमा २ रुपैयाँ तथा डिजेल र मटितेलमा प्रतिलिटर समान २/२ रुपैयाँ मूल्य घटाएको हो । यो भाउ मंगलाबार रातिबाट लागू हुनेछ ।
अव पेट्रोल १ सय १० रुपैयाँ तथा डिजेल र मट्टितेल समान ९७ रुपैयाँ प्रतिलिटरमा खरिद गर्न पाइनेछ । उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री मात्रिकाप्रसाद यादवसँगकोे छलफलपछि मूल्य घटाइएको हो ।
भारतीय आयल कर्पोरेसन (आइओसी)ले आइतबार पठाएको नयाँ मूल्य सूची घटेर आएको थियो । खरिद दर घटेपछि निगमले नेपाली बजारमा पेट्राेलियम पदार्थकाे मूल्य समायोजन गरेको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: