×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

यी हुन् अर्थमन्त्रीसमक्ष बुझाइएको प्रतिवेदनमा पूँजीबजारको बिकास र विस्तारका लागि परेका मुख्य बुँदाहरु !

  • अम्बिका प्रसाद पौडेल 
माननीय अर्थमन्त्रीज्यूसमक्ष बुझाईएको प्रतिवेदनमा पूँजीबजारको बिकास र बिस्तारका लागि परेका मुख्य बुँदाहरु :
बिगतमा नेपाल इन्भेस्टर्स फोरमले विभिन्न निकायमा राखेका अधिकांस मागहरु आज अर्थ मन्त्रीलाई बुझाउने प्रतिबेदनमा परेका छन् । नेपालको पुजीबजार अन्य लगानीका क्षेत्र जस्तै प्रतिस्पर्धौ बनाउनको लागि यो प्रतिबेदनले सहयोग गर्ने छ ।प्रतिवेदनमा उल्लेखित पूँजी बजार सम्बन्धि मुख्य बुँदा यस्ता छन् ।
मार्जिन कर्जा र शेयर धितो कर्जालाई छुट्टाछुट्टै मानिएको, शेयर धितोकर्जाको जोखिम भार १०० मा ल्याईएको, ब्रोकर मार्फत मार्जिन कर्जा र बैक मार्फत शेयर कर्जाको ब्यबस्था गरिएको, शेयर धितो कर्जाको सिमा ६५% बनाईको , प्राथमिक पुजीको कर्जा सिमा २५% बाट ४०% बनाईएको ,हकप्रद र बोनसको कारण मुल्य समायोजन हुँदा मर्जिन कल आउने समस्यालाई हटाइएको छ । 
यस प्रतिबेदनमा NRN र वैदेशिक संस्थालाई पुजि बजारमा ल्याउने र वास्तविक क्षेत्रका कम्पनीहरुको नियमनको लागि छुट्टै नियमक निकायको ब्यबस्था गरिएको छ । 
एक महिनाभित्र पूर्ण स्वचालित online( बैंक र cdsc प्रणालीमा एकीकृत) कार्यन्यन गर्ने, ब्रोकर कमिसन घटाउने र पुजीगत लाभकर समेत घटाउने र लगानीकर्ता सचेतना कार्यक्रममा ना्फाबाट रकम छुट्याउनु पर्ने विषय समाबेश गरिएको, settlement ग्यारेन्टी फन्ड, Insider trading नियन्त्रण गर्ने कानुन, investors फन्डको ब्यबस्था छ । 
न्यून चुक्ता पुजिका कम्पनीहरु otc मा दर्ता हुने र वास्तविक क्षेत्रका कम्पनीहरुको संस्थापक शेयरको locking period थप्ने र FPO निस्कासन गर्ने कम्पनीले Networth भन्दा बढीमा निस्कासन गर्न नपाउने र Real sector का कम्पनीहरुले networth को २ गुणा भन्दा बढीमा शेयर निष्कासन गर्न पाउने छैनन् । 
नेप्सेमा रहेको नेपाल सरकार र रास्ट्र बैकको शेयर बिक्री गरि पुनर्संरचना गर्ने, T plus 1 सेटल्मेन्ट प्रणाली कार्यान्वयनमा ल्याउने, बैंकलाई ब्रोकर लाईसेन्स दिने, हाल रहेकै ब्रोकर कम्पनी बैकले खरिद गर्न सक्ने तथा बोर्कर एकआपसमा गाभिन सक्ने ब्यबस्था समेत प्रतिबेदनमा राखिएको छ । 
हालको सर्किट ब्रेकर प्रणालीमा परिवर्तन गर्ने, ग्रेड ४ माथिका कम्पनीहरुको IPO निस्कासन गर्न नपाउने, एक अर्ब चुक्ता पुजीका कम्पनीहरु तत्काल पुजिबजारमा ल्याउने ब्यवस्था गरिएको छ ।
नेपाल इन्भेस्टर्स फोरमले लगानीकर्ताहरुको आवाजलाई समेटी हिजोका दिनहरुमा उठाएका अधिकांस मागहरू यस प्रतिबेदनमा समेटिएका छन । कार्यन्यनको समय सिमा र जिम्मेवार निकाय समेत तोकिएको यस प्रतिबेदनको कार्यन्यन भएमा नेपालको पूंजी बजार एकाईसौ सताब्दि सुहाउँदो हुने बिश्वास फोरमले लिएको छ ।भोलिका दिनमा यी विषयको कार्यन्यनमा बिशेष ध्यान र दबाब दिनु पर्ने देखिन्छ । प्रतिवेदनमा उल्लेखित कुराहरु कार्यान्वयन गरिएमा नेपालको पूँजी बजार लगानीको सबैभन्दा राम्रो क्षेत्र हुन सक्ने नेपाल इन्भेष्टर्स फोरम बिश्वास गर्दछ।
समिति गठन गर्नु भएकोमा माननीय अर्थ मन्त्रीज्युमा नेपाल इन्भेष्टर्स फोरमको तर्फबाट विशेष धन्यवाद ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: