×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कमजोर अवस्थाको घलेम्दी हाइड्रोले पुस १९ गतेदेखि आईपिओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा भिबोर क्यापिटल

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- घलेम्दी हाइड्रोले १५ करोड ५५ लाख ७७ हजार रुपैयाँको १५ लाख ५५ हजार ७७० कित्ता साधारण सेयर निष्काशन गर्न भएको छ । कम्पनीले पुस १९ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको हो । जस मध्ये २२ हजार कित्ता कम्पनीका कर्मचारीको लागि र ५५ हजार कित्ता कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ भने बाँकि १४ करोड ७८ लाख ७ सय ७० कित्ताको लागि सर्वसाधारणका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले ढिलोमा माघ १८ गतेसम्म आवेदन दिन सक्ने बताइएको छ। 
यता शेयर निष्काशनको लागि कम्पनीले भिबोर क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित घलेम्दीखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीको आईपिओलाई इक्रा नेपालले ग्रेड ५ रेटिङ्ग प्रदान गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: