×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चलेका वाणिज्य बैंकका सेयर नै सस्तोमा फालाफाल ! ६ वटा बाणिज्य बैंकको शेयर २ सय भन्दा तल (मूल्यसूचीसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – वाणिज्य बैंकका सेयर नै सस्तोमा फालाफाल हुन थालेका छन् । नेप्सेमा सूचीकृत भएका कूल २८ वाणिज्य बैंकमध्ये छ वटा बैंकको शेयर रु दुई समयभन्दा तल भएपछी वाणिज्य बैंक समूहमा यस्तो फालाफाल भएको हो । स्टकमा गत बिहीबार भएको कारोवारका आधारमा सिभिल बैंकको शेयर कमजोर देखिएको छ । सो बैंकको शेयर प्रतिकित्ता रु १५८ मा कारोवार भएको थियो । सिभिलमात्र होइन सेञ्चुरीको सेयर पनि निकै सस्तो छ । सेञ्चुरी कमर्सियल बैंकको प्रतिकित्ता रु १७० मै पाइएको छ । यस्तै जनता बैंकको रु १७४, एनसिसी बैंक रु १९९, नेपाल बङ्गलादेश बैंक रु १८९, मेघा बैंक रु १८६ मा कारोवार भएको छ । 
यता राम्रै चलेका भनिएका बैंकहरुको सेयर पनि सस्तोमै फालाफाल छ । गत बिहिबार सिटिजन बैंकको रु २२२, कुमारी बैंक रु २४०, प्रभु बैंक रु २४०, सनराइज बैंकको प्रतिकित्ता रु २१६ मा कारोवार भएको छ । सिद्धार्थ बैंक रु ३०५, एनएमबी बैंंक रु ३५६, एनआइसी एशिया रु ३५७, नेपाल एसबिआइ बैंक रु ३९४, प्राइम कर्मसियल बैंक रु ३१५ मा कारोबार भएको छ । माछापुच्छ्र्रे« बैंक रु २०४, कुमारी बैंक रु २४० मा कारोवार भएको छ । यो भनेको निकै सस्तो मूल्यको सेयर हो । कृषि विकास बैंकको सेयर पनि महँगो छैन । बैंकको सेयर मूल्य रु ३२७, छ भने यता बैंक अफ काठमाडौँ सेयर मूल्य रु ३०५ छ । पटक पटक पछिल्लो समय विभिन्न खाले विवादमा आइरहने ग्लोबल आइएमइ बैंक रु ३१४मा कारोबार हुँदा हिमालयन बैंक रु ४४७, र सिद्धार्थ बैंकको शेयर रु ३०५ मा कारोवार भएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: