×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘बैंकसँग नियमले मिलेजति र आफुलाई चाहेजति ऋण माग्नुस्, नदिए उजुर गर्नुस्’ : अर्थमन्त्री डा. युवराज खतिवडा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाबाट नियमले मिलेजती र आफुले नियमअनुसार चाहेजति ऋण नपाए उजुरी गर्न आग्रह गरेका छन् । बिहीबार पोखरामा लेखनाथ महोत्सवको उद्घाटन गर्दै उनले युवालाई उत्पादनमा जोड्न सस्तो दरमा ऋण दिने भन्दै बैंकले नदिए उजुर गर्न आग्रह गरेका हुन् ।
‘पूँजीगत रुपमा युवालाई उत्पादनमा जोड्ने हो । यसका लागि सस्तो ब्याज अनुदानमा ऋण दिने कुरा गरेको छु । सस्तो ब्याजदरमा ऋण पाउनु भएन भने उजुरी गर्ने ठाउँ पनि हुन्छ । प्रविधिमा जोड्ने, उद्यमशीलताको विकास गर्ने काम पनि हामीले गरिराखेका छौं ।’ अर्थमन्त्री खतिवडाले भने, ‘नजिकको बैंक तथा वित्तिय संस्थामा गएर ऋण लिनुहोस् । महिला उद्यमीका लागि पनि सरकारले व्यवस्था गरेको छ । अध्ययन प्रमाणपत्र धितो राखेर लिन चाहनुहुन्छ भने पनि सरकारले त्यसको व्यवस्था गरिसकेको छ । महोत्सवमा आमाहरुमात्रै देखें, सायद लोग्ने मान्छे वा छोराहरु विदेश होलान् । हा मीले कुनै पनि युवा पलायन हुन नदिने खालको रोजगारमूलक स्मिक ल्याइसकेका छौं ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: