×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तत्कालीन १० बर्षे ‘जनयुद्ध’मा बैंक-कब्जाका मुख्य घटना : कुन-कुन बैंक कहिले-कहिले कब्जा भयो ? (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ मंसिर २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

तत्कालीन १० बर्षे ‘जनयुद्ध’मा बैंक-कब्जाका मुख्य घटना : कुन-कुन बैंक कहिले-कहिले कब्जा भयो ? (विवरणसहित)

  • अर्थ सरोकार दस्तावेज 
काठमाडौँ- संसदीय व्यवस्था जरैदेखि उखल्ने घोषणा गर्दै तत्कालीन नेकपा माओवादीले १० बर्षे ‘जनयुद्ध’ सुरु गर्यो । यो राजनीतिक युद्ध भएपनि ‘अर्थ’ लाई खास अर्थ दिएर हेरिन्थ्यो । युद्धमा कब्जा गर्ने खास कुराहरु भनेकै कि हतियार कि पैसा हुन्थ्यो । आखिर युद्धको बल पनि यिनै दुइ कुरा थिए । हतियार किन्नाकै लागि पनि चाहिएको थियौं अरवौं पैसा । त्यसका विकल्पहरुमध्ये चन्दा असुली र बैंक कब्जा नै हुने गर्थ्यो । करोडौं रुपैयाँको हतियार किन्नुपर्ने, जनसेनाको व्यवस्थापन गर्नुपर्ने लगायत थुप्रै खर्चका लागि पैसाको आवश्यकता थियो । यहि क्रममा थुप्रै बैंकहरु कब्जा गर्यो तत्कालीन नेकपा माओवादीले । हुन त तत्कालीन माओवादीलाई थुप्रै बैंकहरुले अप्रत्यक्ष रुपमा सहयोग पनि गरे । कति बैंकरहरुले त कमाएको पैसाको निश्चित रकम नै दिन्थे माओवादीलाई ।
बैंक कब्जाका मुख्य घटना !
२०५२ फागुन १ गतेको कुरा हो कृषि बिकास बैंक कब्जाको घटना । २०५२ बाट माओवादीले शसस्त्र युद्धको सुरु गरेको थियो । फाल्गुन १ गते तत्कालीन माओवादीले रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरू मात्र कब्जा गरेन गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैङ्क पनि कब्जा गर्यो । त्यो बेला कति रकम कब्जा भयो भन्ने एकिन जानकारी आएन । सरकार पक्षले कम क्षति देखाउन तथ्यांक लुकायो । २०५४ साल माघ २२ गतेको नेपाल बैंक कब्जा भएको थियो । माओवादी युद्ध झन् अगाडी बढ्दै थियो। धादिङको खहरेमा एम्बुस थाप्यो माओवादीले । 
यहि बेला सेनाको दुई राइफल पनि बरामद गर्यो । त्यहि बेला नेपाल बैंक लिमिटेडको बीस लाख रुपियाँ कब्जा गरियो । तर यो तथ्यांक पनि एकिन हो वा होइन भन्ने कुरा बाहिर आएन । तर सरकार र माओवादी दुवै पक्षले २० लाख रुपैयाँ कब्जा भएको बताए । २०५७ साल असोज ८ गते डोल्पाका सबै बैंक कब्जा भए । यो माओवादीको पहिलो पटकको सदरमुकाममाथि गरिएको आक्रमण थियो । डोल्पा सदरमुकाम दुनैका सम्पूर्ण प्रहरी चौकीहरू कब्जा भए त्यतिबेला । त्यहि बेला डोल्पामा रहेका सबैजसो बैंक बैङ्क कब्जा भए । कृषि बिकास बैंक र नेपाल बैंकबाट लाखौँ रुपैयाँ कब्जा गरियो । २०५९ साल मङ्सिर १८मा लाहानमा त्यस्तै घटना घट्यो । लहानमा रहेका इप्रका र सबै बैंक कब्जा भयो । यो बेला झन्डै १ करोड रुपैयाँ लिएर माओवादी हिड्यो । 

त्यसपछि बैंक कब्जा गर्नै परेन, सहयोग हुँदै गयो !
यसो त माओवादी युद्धको इतिहास हेर्ने हो भने २०५९ सालपछाडी खासै बैंक कब्जाका घटना भएनन् । किनकि बैंकबाटै कुनै न कुनै रुपमा सहयोग आउन थाल्यो । यतिसम्मकी बैंकमा काम गर्ने उपल्लो तहका कर्मचारीहरुले आफुले कमाएको पैसाको केहि रकम माओवादीलाई बुझाउन समेत थाल्यो । नीजी क्षेत्रका बैंक खासै लुटको सिकार हुनु परेन । किनकि बैंकले कुनै न कुनै रुपमा माओवादीलाई सहयोग गरेको पाइन्थ्यो । एकिन तथ्यांक नभएपनि नेपाली बैंकहरुकै करोडौं रुपैयाँको लगानी छ माओवादी युद्धमा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: