×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

अपि पावर कम्पनीको २००% हकप्रद आउँदै, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

काठमाडौं – अपि पावर कम्पनीले पुनः २००% हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ः२ अनुपातमा २ करोड २६ लाख ८० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।
यसअघि, कम्पनीले गत वर्ष पनि २ करोड १० लाख कित्ता (२००%) हकप्रद ल्याउन धितोपत्र बोर्डमा आवेदन दिएको थियो । तर, त्यतिबेला प्रकृया पूरा नगरीकन हकप्रद ल्याउन लागेको भन्दै धितोपत्र बोर्डले अनुमति दिएको थिएन । बोर्डले हकप्रद अनुमतिको पाइपलाइनबाटै अपिलाई हटाएको थियो ।
अहिले फेरि बोर्डले अपि पावरको २००% हकप्रदलाई पाइपलाइनमा राखेको छ । आवश्यक अध्ययन पछि बोर्डले अनुमति दिनेछ । अपिले गत वर्ष लगानीकर्तालाई ८% बोनस सेयर दिएको थियो । त्यो बोनस सेयरसमेत जोड्दा अहिले पुँजी वृद्धि भएकाले २ करोड २६ लाख ८० हजार कित्ता हकप्रद ल्याउन लागिएको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: