×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कृषि विकास बैंकको सौराहा शाखाले चितवन राष्ट्रिय निकुञ्जको राजस्व संकलन गर्ने

काठमाडौँ – कृषि विकास बैंकको सौराहा शाखाले चितवन राष्ट्रिय निकुञ्जबाट उठ्ने राजस्व संकलन गर्ने भएको छ । सो कार्यको उद्घाट चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेद कुमार ढकाल र कृषि विकास बैंकको क्षेत्रिय कार्यालय बीरगञ्जका निर्देशक बाबुकाजी थापाले 
संयुक्त रुपमा गरे । 
सो अवसरमा प्रमुख संरक्षण अधिकृत बेद कुमार ढकालले निकुञ्जबाट उठ्ने राजस्व रकम जम्मा गर्न भरतपुर जानुपर्ने झन्झटबाट मुक्त भई सहज भएको बिचार व्यक्त गर्नु भयो ।
माघ ९ गते उठेको राजस्व रकम १२ लाख १ हजार रुपैंया बैंकका प्रबन्धक पुस्तकराज तिवारीलाई हस्तान्तरण गरी राजस्व खातामा जम्मा गरिएको थियो । 
बैंकका निर्देशक बाबुकाजी थापाका अनुसार चितवन राष्ट्रिय निकुञ्जका घुम्न आउने पर्यटकको प्रवेश शुल्क, जंगल सफारी शुल्क, ढुंगा÷गिट्टी÷बालुवा कर, दण्ड जरीवाना लगायत गरी दैनिक औसत १० लाख राजस्व संकलन हुने गर्दछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: