×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिएहरुलाई बैंकर मनोज ज्ञवालीको सुझाव, ‘हामी त हिरा हौं, सस्तोमा आफैंलाई लीलामीमा नराख्नुहोस्’ (भिडियो)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) ले आयोजना गरेको सिए कन्फेरेन्समा आफ्नो मन्तव्य राख्दै बैंकर एवम् चार्टड एकाउन्टेन्ट मनोज ज्ञवालीले सिएहरुलाई आफुलाई सस्तोमा लीलामीमा नराख्न सुझाव दिएका छन् । उनले सिएहरुलाई अमेरिकन हिरासँग तुलना गर्दै धैर्य गरेर समयको प्रतिक्षा गर्न पनि सुझाव दिएका छन् ।
एनआइसी एशिया बैंकका सीइओ रोशन न्यौपानेको प्रसङ्ग उल्लेख गर्दै उनले सिएहरुलाई थप जिम्मेवारी थपिएको भनाइ राखेका छन् । उनले आफ्नै बैंक ज्योति बिकास बैंकको समेत उदाहरण दिँदै आफ्नो पहिचान कुनै बैंकको सीइओ भन्दा पनि चार्टड एकाउन्टेन्ट भएको बताएका छन् । चार्टड एकाउन्टेन्टहरुका केहि कमजोर पक्ष र धेरै सवल पक्षको चर्चा गरेका उनले सिएहरुलाई थप जिम्मेवार बन्न र आफ्ना केहि नराम्रा बानी सुधार्नसमेत सुझाव दिएका छन् । 
उनको उक्त मन्तव्यको कार्यक्रम परिसरमा कार्यक्रम अवधिभरसमेत निकै चर्चा भइरहेको थियो । उनले सिए कन्फेरेन्स २०७५मा दिएको मन्तव्यको सम्पूर्ण फुटेज यहाँ प्रस्तुत छ :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: