सेन्ट्रल फाइनान्सले गर्यो ७% नगद लाभांश दिने घोषणा

काठमाडौं : सेन्ट्रल फाइनान्सले ७% नगद लाभांश दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको २६८औँ बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट सेयरधनीहरुलाई ७% नगद दिने निर्णय गरेको हो । कम्पनीले नगदमा ५ करोड ७६ लाख ३७ हजार ८५० रुपैयाँ खर्च गर्नेछ ।

यो प्रस्ताव नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । कम्पनीको  चुक्ता पुँजी ८२ करोड ३३ लाख रुपैयाँ रहेको छ ।

हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै : 

प्रकाशित मिति : Sunday, January 13, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal