सेञ्चुरी कमर्सियल बैंकले खोल्यो ३ वटा प्रदेशमा प्रादेशिक कार्यालय, कुनको कहाँ ?

काठमाडौँ - नेपाल राष्ट्र बैंकको नीतिमा उल्लेख भए अनुसार सेञ्चुरी कमर्सियल बैंकले तीनवटा प्रदेश कार्यालयहरुको स्थापना गरेको छ । सो क्रममा बैंकले प्रदेश नं १ बिराटनगर, प्रदेश नं ३ मानभवन र प्रदेश नं ५ भैरहवामा प्रदेश कार्यालयहरुको स्थापना गरेको छ । यस अघि बैंकले गण्डकी प्रदेशमा पनि प्रदेश कार्यालयको उद्घाटन गरेको थियो । 

बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९६ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १२ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२९ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
प्रकाशित मिति : Tuesday, January 15, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal