×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिटिजन्स बैंकले खुद नाफा २२.५५% वृद्धि गरेर कमायो ७७ करोड ३ लाख ४६ हजार रुपैयाँ

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा २२.५५% वृद्धि गरेर ७७ करोड ३ लाख ४६ हजार रुपैयाँ कमाएको छ । गत वर्ष यही अवधिमा बैंकले ६२ करोड ८६ लाख रुपयाँ खुद नाफा कमाएको थियो । 
बैंकको खुद ब्याज आम्दानी ५३.२९% बढोत्तरी गरेर १ अर्ब ४९ करोड ४५ लाख ४२ हजार रुपैयाँ पुर्याएको छ भने सञ्चालन नाफा २४.०९%ले वृद्धि गरेर १ अर्ब ८ करोड ६४ लाख ७१ हजार रुपैयाँ पुर्याएको छ ।
यता बैंकको निक्षेप संकलन ६५ अर्ब १२ करोड ४२ लाख रुपैयाँ गरेको छ भने कर्जा लगानी ६० अर्ब ४७ करोड ६४ लाख रुपैयाँ गरेको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ३७ करोड १० लाख ६५ हजार रुपैयाँ पुर्याएको छ भने जगेडा कोषमा ३ अर्ब ३७ करोड २३ लाख ५८ हजार रुपैयाँ जम्मा भएको छ । 
यसको खराब कर्जा अनुपात १.६२%  रहेको छ भने प्रतिसेयर आम्दानी १८ रुपैयाँ ५१ पैसा र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ २९ पैसा छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: