×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिटिजन्स बैंकको प्रदेश नं.३ को प्रादेशिक कार्यालय डिल्लीबजारमा

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनलले प्रदेश ३ को प्रादेशिक कार्यालय काठमाडौँको डिल्लीबजारमा स्थापना गरेको छ । उक्त कार्यलयको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष डा. शंकर प्रसाद शर्माले ताम्रपत्र अनावरण गरी गरेका हुन् । 
प्रदेश ३ अन्तर्गत बैंकका ३४ वटा शाखाहरु काठमाडौँ उपत्यका भित्र २६ र उपत्यका बाहिर ८ वटा बाट व्यापार बिस्तारका साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू यस प्रादेशिक कार्यालयले छिटो रूपमा सम्पादन गर्ने विश्वास बैंकले लिएको छ ।
प्रदेश ३ मा रहेका १४ जिल्ला मध्ये ९ वटा जिल्लामा बैंकको पहुँच रहेको छ । यस प्रदेशमा बैंकले करिव २६०,००० ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । प्रदेश ३ मा बैंकले करिव ५७ अर्ब निक्षेप परिचालन गरी ४५ अर्ब कर्जा प्रवाह गरेको छ ।
हाल बैंकले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट करिव चार लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: